बागलुङमा एक जनाको मृत्यु दुई जना पक्राउ

समाधान संवाददाता २०७८ साउन ५ गते १९:२५

बागुलुङमा लागुऔषध सहित २ जना प्रक्राउ

बागलुङमा दुई जनालाई लागूऔषध प्रक्राउ गरेको हो । बागलुङ नगरपालिका ४ बस्ने वर्ष २२ का रोहन पुन र वर्ष २१ का प्रताप क्षेत्री लाई पक्राउ गरेको हो ।

जिल्ला बागलुङ नगरपालिका ३ चिप्लेटी वसपार्क स्थित प्रहरी चेकिङ टोलीले सावरी साधनहरु चेक जाँच गर्ने क्रममा ध २ प नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ट्रामाडोल २५० पिस फेला पारी निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसान्धान गरिएको पू्रहरी उपरीक्षक अरुण पौडेले जानकारी दिए ।

बागलङमा घाँस काट्ने क्रममा लडेर मृत्यु

बागलुङमा एक जनाको लडेर मृत्यु भएको छ । बागलुङ काठेखोला गाउँपालिका ५ सापकोटा चोक बस्ने ४५ वर्षका ईन्द्र बहादुर पुनको मृत्यु भएको हो । घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडी मृत्यु भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया