गण्डकीमा मन्त्रिपरिषद विस्तार, ६ मन्त्रीको नियुक्ति र सपथ

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज शुक्रबार ६ जना सांसदलाई मन्त्री नियुक्त गरे । ती मन्त्रीले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग सपथ लिएका छन् ।
माओवादी सांसद रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए । माओवादीकै दीपक चर्तीमगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री भएका छन् ।
कांग्रेस सांसद मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन मन्त्री नियुक्त भएका छन् । उनी बागलुङका हुन् । कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् । स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा मुख्यमन्त्रीको सपथ लिएका थिए । त्यसै दिन उनले अरु ४ जनालाई विना विभागीय मन्त्री बनाएका थिए । कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) २९ जेठमै मन्त्री नियुक्त भएका थिए । पछि उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
जसपाका आचार्य ऊर्जा तथा सिँचाइ मन्त्री छन् भने माओवादीकी अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी छन् । स्वतन्त्र सांसद मनाङे युवा तथा खेलकुद मन्त्री छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया