कास्कीका बिन्दु थापा मन्त्री बन्दै

समाधान संवाददाता २०७८ साउन ८ गते १३:२१

कास्की क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निवाचित काँग्रेस संसद विन्दुकुमार थापा गण्डकी प्रदेश सरकारको मन्त्री हुने भएका छन् ।

आज गण्डकीमा नेपाली काँग्रेसले मन्त्रीहरुको टुङ्गो लगाएको हाे । काँग्रेसले बागलुङका सांसद मणिभद्र शर्मा, स्याङ्जाका सांसद मेखलाल श्रेष्ठ मन्त्री बनाउने लागेकाे हाे ।

माओवादी सांसद रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री माओवादीकै दीपक चर्तीमगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री हुने हिजाे नै टुङगो लगाएको थियो ।

Advertisement

मन्त्रीहरुको सपथ अहिले दिउँसो १ बजे हुने मुख्यमन्त्रीकाे सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा मुख्यमन्त्रीको सपथ लिएका थिए । त्यसै दिन उनले अरु ४ जनालाई विना विभागीय मन्त्री बनाएका थिए । कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) २९ जेठमै मन्त्री नियुक्त भएका थिए । पछि उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
जसपाका आचार्य ऊर्जा तथा सिँचाइ मन्त्री छन् भने माओवादीकी अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी छन् । स्वतन्त्र सांसद मनाङे युवा तथा खेलकुद मन्त्री छन् ।

Advertisement

तपाईको प्रतिक्रिया