अन्तिम समयमा संसद डोबाटे विश्वकर्माको मन्त्रीबाट नाम काटियो

समाधान संवाददाता २०७८ साउन ८ गते १४:२३

काँग्रेस सांसद डोबाटेको अन्तिम समयमा नाम काटिएको छ । तनहुँका डोबाटे विश्वकर्मा हिजो मन्त्री बनाउने सुचिमा थिए । तर उनको नाम हटाएर कास्की बाट कास्की क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निवाचित काँग्रेस संसद विन्दुकुमार थापा गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज शुक्रबार ६ जना सांसदलाई मन्त्री नियुक्त गरे । ती मन्त्रीले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग सपथ लिएका छन् ।
माओवादी सांसद रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए । माओवादीकै दीपक चर्तीमगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री भएका छन् ।
कांग्रेस सांसद मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन मन्त्री नियुक्त भएका छन् । उनी बागलुङका हुन् । कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् । स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया