काभ्रेभीर पहिरो गई ढुङ्गा खस्दा मोटरसाईकलमा सवार युवा घाईते

समाधान संवाददाता २०७८ साउन ८ गते १९:१४

एसके थकाली \ जोमसोम

Advertisement

म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीर सडकमा शुक्रबार दिउँसो अन्दाजी ३ बजे अचानक सडक माथिबाट पहिरो गई ढुङ्गा खस्दा मोटरसाईकलमा सवार एक युवा घाईते भएका छन् । मोटर साईकल चालक भने हेलमेट लगाएका कारण सुरक्षित रहेको जनाईएको छ ।

म्याग्दीको बेनीदेखि मुस्ताङतर्फ आउदै गरेको लु ३४ प ५०८ नम्बरको मोटरसाईकल सडक माथिबाट ढुङ्गा खस्दा दुर्घटनामा परेको बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

Advertisement

राष्ट्रिय गौरवको ७६ किमी बेनी—जोमसोम सडकखण्डको काभ्रेभीरमा पहिरो गई ढुङ्गा खस्दा मोटरसाईकलमा सवार रोल्पाका २८ बर्षिय विशाल घर्ती घाईते भएका हुन् ।घाईतेको टाउँकोमा गम्भिर चोट पटक लागेको छ भने टाउकोबाट समेत रगत बगेको सुपरभाईजर शेरचनले बताए ।

सडक माथिबाट ढुङ्गा लागेर मोटरसाईकलमा सवार घाईते घर्तीको थासाङ—४ घाँसास्थित नेपाली सेना, म्याग्दीको अन्नपूर्ण—३ दाना प्रहरी चौकीका सुरक्षाकर्मी र सुपर भाईजर शेरचनको सहयोगमा उद्दार गरी बेनी अस्पताल पठाईएको जनाईएको छ ।
बर्खायामको अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमा बाढी÷पहिरो र नदी कटनाले सडक अवरुद्ध हुँदै आईरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया