पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष रसाईलीलाई पितृ शोक

समाधान संवाददाता २०७८ साउन ९ गते १७:१४

मुस्ताङ— नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष दुर्गादेवी रसाईलीलाई पितृ शोक परेको छ ।
उपाध्यक्ष रसाईलीकी पिता तथा शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाईलीका ससुरा विश्वराम सुनारको ६३ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
कास्की जिल्ला रुपागाउँपालिका—६ खोलाको छेउ रुपातालमा घर भएका सुनारको शनिबार आफ्नै घरमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले एक विज्ञप्ती प्रकाशित गरी सुनारको निधनप्रति दुख व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया