कोरोना अपडेट : २४ घण्टामा २ हजार ३०९ संक्रमित, १६ जनाको मृत्यु

समाधान संवाददाता २०७८ साउन ९ गते १७:४०

काठमाडौँ — नेपालमा थप २ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर परीक्षणमा शनिबार थप २ हजार ३०९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ४ १हजार ५६५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया