आज गण्डकीसहित देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना

समाधान संवाददाता २०७८ साउन १० गते १०:०१

समाधान संवाददाता, काठमाडौं

आज (आइतबार) देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना छ।

Advertisement

बुलेटिनअनुसार राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ, ‘पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

Advertisement

तपाईको प्रतिक्रिया