पोखरा महानगरका विभिन्न ठाउँबाट अमेरिका पठाउँछु भनी ठग्ने ३ पक्राउ

समाधान संवाददाता २०७८ साउन १० गते १२:१०

पोखरा, ९ साउन (समाधान)–‘अमेरिका पठाउँछु’ भनी ठगी गर्ने ३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा विकास भनेर चिनिने विनोद भुसाल, पुकार गुरुङ र प्रकाश गुरुङ छन् ।


प्रहरीले पोखरा महानगरका विभिन्न ठाउँबाट आरोपितहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुरान्धान ब्युरो काठमाडौं र कास्कीबाट खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।


अमेरिका पठाउने भन्दै २ वर्षदेखि विनोद भुसालले पटक पटक गरी ७४ लाख ९ हजार ५ सय रुपैयाँ जम्मा गर्न लगाएको प्रहरी स्रोत बताउँछ । अहिले पोखरा १८ भकुण्डे बस्ने २४ वर्षका विनोद भुुसालको स्थायी घर कपिलवस्तुको बाणगंगा ४ हरिपुर हो ।

Advertisement


३१ वर्षीय पुकार पोखरा २ मिरुवाका बासिन्दा हुन् । ३० वर्षीय प्रकाश पोखरा१२ रानीपौवाबासी हुन् । उनीहरलाई ठगी मुद्दामा कास्की जिल्ला अदालाबाट १० दिन म्याद थपी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया