गण्डकीमा मन्त्रिपरिषद विस्तार गर्दा अक्ष्यम्य भूल : शेखर कोइराला

समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मन्त्रिपरिषद विस्तारका क्रममा गण्डकी प्रदेशमा दलित समुदायप्रति अपमान भएको बताएका छन् ।
शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा सांसद डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भए पनि पछि पोखरेलले नाम काटेका थिए । त्यस घटनाप्रति इंगित गर्दै डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ‘गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भूल हो । दलित समुदायप्रतिको अपमान हो ।’
सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको कोइरालाले बताएका छन् ।
‘त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ । भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ?’ उनले प्रश्न गरेका छन् ।
कोइरालाले सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै नभई व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको बताए ।
‘वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ’ डा. कोइरालाले भनेका छन् । उनले आगामी दिनमा यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्ने भन्दै सचेत गराएका छन् ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया