सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो

समाधान संवाददाता २०७८ साउन ११ गते १२:४३

साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया