पोखरा महानगरका वडाहरुमा आजदेखि खोप अभियान सूचारु (केन्द्रको तालिकासहित)

समाधान संवाददाता २०७८ साउन ११ गते १४:२७

पाेखरा महानगरपालिकामा आज देखि खाेप अभियान सूचारु भएकाे छ । महानगरको स्वास्थ्य महाशाखाले सम्बन्धित खोप केन्द्रहरुलाई आज खोप अभियान सूचारु भएकाे जानकारी दिएकाे हाे ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार पोखरा महानगरको वडाहरु १८ देखि ३३ सम्मका ५५ वर्षमाथि उमेर समुहका यस अघि कुनैपनि खोप प्राप्त नगरेका नागरिक र शिक्षकहरुलाई मात्रै श्रावण (आज देखि) ११ गते तोकिएका खोप केन्द्रबाट भेरोसेल ९ खोप दिने व्यवस्था मिलाउन निर्देशन दिईएको छ ।

खोप केन्द्र तोकिएको मिति र स्थानमा बिहान १०:०० बजेबाट अपरान्ह ४:०० बजेसम्म संचालन गरिने जनाईएको छ ।

Advertisement

यस्तो छ खोप केन्द्रको तालिकाको विवरण

Advertisement

तपाईको प्रतिक्रिया