मानुषी लघुवित्तको साधारण सेयर आउँदै

समाधान संवाददाता २०७८ साउन १२ गते १०:०६


समाधान संवाददाता, काठमाडौं


मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि साधारण सेयर (आइपिओ) निस्कासन गर्ने भएको छ । ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारण निस्कासन हुन लागेको हो ।


संस्थाले साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति माग्दै वैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेस गरेको थियो । कम्पनीको उक्त आइपिओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्ने छ ।

Advertisement


संस्थाको उक्त आइपिओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपिओमा विगतमा परेको आवेदन संख्याका आधारमा कम्पनीको आइपिओमा १० कित्ता आवेदन गर्नु उपयुक्त देखिन्छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२६.६३ प्रतिशतले धेरै हो ।

Advertisement

तपाईको प्रतिक्रिया