गण्डकी प्रदेश प्रमुखमा पौडेल हटाएर शेरचनको पुनर्नियुक्ति गर्ने माओवादी निर्णय

समाधान संवाददाता २०७८ साउन १२ गते १६:१८


समाधान संवाददाता, पोखरा
सरकारले प्रदेशका प्रमुखहरु फेर्ने भएपछि नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्तिको निर्णय गरेको छ । माओवादी निर्णय अनुसार गण्डकीमा सीता पौडेलको ठाउँमा फेरि अमिक शेरचन नियुक्त हुने देखिएको छ ।

माओवादीले प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय गरेको छ । माओवादीको स्थायी कमिटी बैठकले यी निर्णय गरेको हो । शेरचन र परियारलाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया