अमिक शेरचन फेरि गण्डकी प्रदेश प्रमुख बन्न नमिल्ने

समाधान संवाददाता २०७८ साउन १२ गते १७:२७


समाधान संवाददाता, पोखरा

Advertisement


नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा पुनर्नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेका नेता अमिक शेरचनले जिम्मेवारी दोहोर्‍याउने अवसर नपाउने भएका छन् । माओवादीको सिफारिस अनुसार उनलाई फेरि गण्डकी प्रदेश प्रमुख बन्न संविधान बाधक देखिन्छ ।


त्यस्तै बाधा प्रदेश २ मा तिलक परियारका लागि पनि देखिन्छ । माओवादीले परियारलाई २ नम्बरका लागि सिफारिस गर्ने निर्णय मंगलबारको स्थायी कमिटी बैठकबाट गरेको छ । बैठकले शेरचनलाई गण्डकी प्रदेश प्रमुख नियुक्त गर्न सरकार समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले त्यसबारे मंगलबार नै निर्णय गर्ने स्रोत बताउँछ ।


संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन नसक्ने व्यवस्था गरेको छ । शेरचन यसअघि नै गण्डकी प्रदेश प्रमुख थिए । उनलाई हटाएर ओली सरकारले सीताकुमारी पौडेलको नियुक्ति गरेको थियो । परियार पनि यसअघि प्रदेश २ मा प्रमुख थिए । देउवा सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख हटाएर नयाँ राख्ने तयारी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया