गण्डकीका नवनियुक्त प्रदेश प्रमुख: ४८ सालमा अमिकसँग चुनाव हारेका

समाधान संवाददाता, पोखरा
देउवा सरकारले आज गण्डकी प्रदेशमा नियुक्त गरेका पृथ्वीमान गुरुङ चितवनका पुराना कांग्रेस हुन् । संयोग कस्तो परेको छ भने ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचन र पृथ्वीमान गुरुङ छिमेकी पनि हुन् । र २०४८ सालका आम निर्वाचनमा गुरुङ शेरचनबाट पराजित भएका थिए ।
उक्त चुनावमा शेरचन जनमोर्चा र पृथ्वीमान कांग्रेसबाट उम्मेदवार थिए । पृथ्वीमान चितवन कांग्रेसका पूर्व सभापति पनि हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो।
माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए। माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उनलाई गण्डकीमै प्रमुखमा रुपमा दोहोर्याउने गरी सिफारिस गरेको थियो। तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उनलाई गण्डकीबाट लुम्बिनी लगिएको हो।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया