कास्की पुर्ख्यौली थलो भएका गुरुङ गण्डकी प्रदेश प्रमुख

समाधान संवाददाता, पोखरा
सरकारले मंगलबार गण्डकी प्रदेश प्रमुख नियुक्त गरेका पृथ्वीमान गुरुङ कास्की पुर्ख्यौली थलो भएका कांग्रेस नेता हुन् । चितवन बसाइ सरेका गुरुङको पुर्ख्यौली थलो कास्कीकै घलेल गाउँ हो ।
गुरुङ चितवनका पुराना कांग्रेस हुन् । संयोग कस्तो परेको छ भने ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचन र पृथ्वीमान गुरुङ छिमेकी पनि हुन् । र २०४८ सालका आम निर्वाचनमा गुरुङ शेरचनबाट पराजित भएका थिए ।
उक्त चुनावमा शेरचन जनमोर्चा र पृथ्वीमान कांग्रेसबाट उम्मेदवार थिए । पृथ्वीमान चितवन कांग्रेसका पूर्व सभापति पनि हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो।
माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए। माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उनलाई गण्डकीमै प्रमुखमा रुपमा दोहोर्याउने गरी सिफारिस गरेको थियो। तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उनलाई गण्डकीबाट लुम्बिनी लगिएको हो।









एकता माविमा शैक्षिक प्रदर्शनी
एमाले चुनावबाट भाग्न खोजेको होइन : सचिव खगराज अधिकारी
गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
पिपिएलए गण्डकीमा कमल अर्याल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया