सांसद पद पुनर्बहालीको माग गर्दै ‘पूर्वमाओवादी’ नेता सर्वोच्चमा

समाधान संवाददाता २०७८ साउन १३ गते १५:३५

नेकपा एमाले प्रवेश गरेर माओवादी केन्द्र छोडेरका पूर्व सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

Advertisement

आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै चारैजना पूर्व सांसदले पुनर्बहालीको माग राखेर अदालतमा निवेदन दिएका हुन् । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइको पेशी विहीबारका लागि तोकेको छ ।

माओवादी छाडेका चारैजना प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै चैत २६ गते माओवादीले उनीहरुलाई सांसद पदबाट हटाएको थियो ।

तपाईको प्रतिक्रिया