सेयर बजार नयाँ उचाइमा

समाधान संवाददाता २०७८ साउन १३ गते १५:३८

बुधबार सेयर बजारको परिसूचक नेप्सेले अहिलेसम्मकै उच्च अंक ३ हजार ९४‍ दशमलव ९५ कायम गरेको छ। केही दिनयता बजारले उच्च अंकको रेकर्ड कायम गर्दै आएको छ।

Advertisement

यस दिन परिसूचक १५। ३ अंकले बढेको हो। कारोबार खुलेको १० मिनेटमै परिसूचक ३ हजार ११२ सम्म पुगेको थियो। त्यसपछि उतारचढावमा रहेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा १५ अंकले मात्रै बढ्यो।

कारोबार रकम भने घटेको छ, १३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो १५ अर्ब बढीको कारोबार भएको थियो।

कअजयय
िबैंकिङ १८, जलविद्युत ४८ र उत्पादन ३७ अंकले घटे। ब्यापार १६, होटल तथा पर्यटन २५७, विकास बैंक ४८, फाइनान्स ७०, निर्जीवन बीमा ४४९, जीवन बीमा ४३१, अन्य २० र माइक्रोफाइनान्स समूह ३७ अंकले बढेका छन्।

चन्द्रागिरि हिल्स, नारायणी डेभलपपमेन्ट र मल्टिपर्पोज फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो। सोल्टी होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढेको छ। गुमाउनेमा पन्चकन्य माइ हाइड्रोका लगानीकर्ता अगाडि रहे।

Advertisement

लअभिि ष्ल

सो कम्पनीको मूल्य ५ प्रतिशतले घट्यो। सिंगटी हाइड्रोको मूल्य पनि करिब ५ प्रतिशत घटेको छ। ग्रीन लाइफ र पाँचथर पावरको मूल्य ४ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३८ करोडको कारोबार हुँदा दोस्रोमा रहेको नेसनल हाइड्रोपावरको ३६ करोडको कारोबार भयो।

तपाईको प्रतिक्रिया