डोजर दिउँसो जंगलमा, राति बगरमा

समाधान संवाददाता २०७८ साउन १४ गते १३:४४

म्यादीको बेनीमा कालीगण्डकी नदी दोहन वर्षातमा पनि रोकिएन

समाधान संवाददाता


बेनी
– म्याग्दीको बेनी नगरपालिका १ मा कालीगण्डकी नदी दोहन र बालुवा चोरी भइरहेको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेशबहादुर अधिकारीले बताए ।
सिडिओ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मंगलबार उत्खनन भइरहेको बगर अनुगमन गरेको थियो । नदी दोहनले नगरपालिकाको लाखौँ आयस्रोत गुमेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ ।
सरकारले असारदेखि भदौसम्म नदी उत्खनन गर्न रोक लगाएको छ । हालै सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ । ‘ठेक्का सम्झौताबिनै डोजर लगाई खोलामा स्पर बनाएर बालुवा उत्खनन गरेको भेटियो,’ सिडिओ अधिकारीले भने, ‘कारबाहीका लागि सिफारिस गर्छौं ।’
प्रहरी नायब उपरीक्षक राईले बगरबाट बालुवा उत्खननमा प्रयोग भएका ४ एक्साभेटरका धनी र उत्खननमा संलग्नलाई प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताए । ‘एक्साभेटर र थुपारेको बालुवा जफत गरेर कारबाहीका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिका पठाउँछौँ,’ उनले भने ।
ढोडेनीखोला र कालीगण्डकीको दोभानस्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनीखोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर करिब सय टिपर बालुवा निकालिएको छ । ढाडेनी खोलाभन्दा करिब ८ सय मिटरमाथि सारेमारेको झोलुङ नजिकै पनि १० दिनदेखि डोजर प्रयोग गरेर बालुवा निकालिँदै छ । त्यहाँ करिब ३० टिपर बालुवा थुपारिएको छ ।
दिउँसो नजिकैको जंगलभित्र लुकाएर राख्ने डोजर बिहान र साँझमा बगरमा लगेर बालुवा निकाल्न प्रयोग हुने स्थानीयले बताएका छन् । आनन्दबगरमा २ डोजर प्रयोग गरेर २ सय टिपरभन्दा बढी बालुवा निकालेर थुपारिएको छ ।
ठेक्का नलिई र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन गर्न नपाउने कानुनी व्यवस्था छ । तर आनन्दबगरका हर्कबहादुर क्षेत्रीले सडक र खेलमैदान निर्माण गर्न व्यक्तिगत जग्गाभित्र पर्ने बगरमा कालीगण्डकीले बगाएर ल्याएको बालुवा निकालेको दाबी गरे । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले असार १ गतेदेखि नै बगर उत्खनन गर्न रोकिएको सुनाए । प्रहरीले नियन्त्रणमा लिएर बुझाएमा कारवाही प्रक्रियाअघि बढाउने उनले बताए ।
ढाडेनीखोलामा कालीगण्डकीले सयौं रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । कालीगण्डकीमा भएको अनियन्त्रित र अव्यवस्थित नदी दोहनका कारण सारेमारे र ढोडेनीको बीचमा रहेको जंगल मासिँदै छ । ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरी भएको उत्खननले कालीगण्डकीपारि पर्वतको जलजला गाउँपालिकाको फर्सेमा कटानको जोखिम बढेको नाग्लीबाङका वडाध्यक्ष हरिविकास जिसी बताउँछन् ।
म्याग्दीको बेनी –१ मा कालीगण्डकी नदीमा अवैध दोहन र बालुवा चोरी रोकिएको छैन। आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो ।
सरकारले असारदेखि भदौसम्म नदी उत्खनन् गर्न रोक लगाएको छ । हालै सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ । ‘ठेक्का सम्झौताबिनै डोजर लगाएर खोलामा स्पर बनाएर बालुवा उत्खनन् गरेको भेटियो,’ प्रजिअ अधिकारीले भने, ’कारबाहीका लागि सिफारिस गर्छांै ।’
ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन् गर्न नपाउने कानुनी व्यवस्था छ । आनन्दबगरका हर्कबहादुर क्षेत्रीले सडक र खेलमैदान निर्माण गर्न व्यक्तिगत जग्गाभित्र पर्ने बगरमा कालीगण्डकीले बगाएर ल्याएको बालुवा निकालेको बताए ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले असार १ गतेदेखिनै बगर उत्खनन् गर्न रोकिएको बताए । प्रहरीले नियन्त्रणमा लिएर बुझाएमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।
ढाडेनीखोलामा कालीगण्डकीले सयौं रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । कालीगण्डकीमा भएको अनियन्त्रित र अव्यवस्थित नदी दोहनका कारण सारेमारे र ढोडेनीको बीचमा रहेको जंगल पहिरो गएर सखाप भएको छ । ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर गरिएको उत्खनन्ले कालीगण्डकी पारी पर्वतको जलजला गाउँपालिकाको फर्सेमा कटानको जोखिम बढाएको नाग्लीबाङका वडा अध्यक्ष हरिविकास जिसीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया