वृद्धाश्रमलाई सहयोग

लेखनाथ- लायन्स क्लब अफ लेखनाथ टाउन अध्यक्ष विनोदप्रसाद लामिछानेले जन्मदिनको अवसरमा पोखरा २७ मा रहेको श्रीकृष्ण प्रणामी वृद्ध तथा बाल आश्रमलाई सहयोग गरेका छन् ।
पोखरा ३० शिशुवाका लामिछानेले आफ्नो ४३ औं जन्मत्सवको अवसरमा मंगलबार आश्रममा पुगी ग्याँस सिलिन्डर,चुलो, खाद्यान्नसहित फलफूल हस्तान्तरण गरेका हुन् । लायन्स क्लबका एनएलएफ चिफ शैलेन्द्रमोहन भट्टराई र लेखनाथ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुमनमोहन भट्टराईले आश्रम सञ्चालक समिति अध्यक्ष दुर्गाप्रसाद गौतम र सचिव तिलकशाली अधिकारीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
लायन्स लेखनाथ टाउन अध्यक्ष विनोदप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका जोन चियर पर्सन सागर लामिछाने, आश्रम सञ्चालक समिति सदस्य महेश्वर पाण्डे, क्लबका निवर्तमान अध्यक्ष ईन्द्रबहादुर थापा, क्लबका सचिव केशवर तिवारी, प्रथम उपाध्यक्ष भरत गिरी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया