जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा विद्यार्थीलाई साइबर सचेतना

समाधान संवाददाता २०७८ साउन १४ गते १४:००

पोखरा–जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा पोखरा महानगरपालिका १० रामबजारको बेथानी बोर्डिङ स्कुलका विद्यार्थीलाई साइबार सचेतना दिइएको छ । कक्षा १० मा अध्यनरत ४५ विद्यार्थीलाईप्रहरी नायब निरीक्षक होतबहादुर रोकाहाले साइबर सुरक्षा र अपराधबारे जानकारी दिए । रोकाहाले विद्यार्थीलाई साइबार अपराधबारे कानुनी व्यवस्था र अहिलेको अपराधको प्रकृतिबारे पनि जानकारी दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया