पोखराका पहिलो वरिष्ठ अधिवक्ता तथा पुराना पत्रकार आचार्य रहेनन्

समाधान संवाददाता २०७८ साउन १५ गते ८:२४

समाधान संवाददाता, पोखरा

Advertisement

वरिष्ठ अधिवक्ता तथा पुराना पत्रकार तिलक आचार्यको निधन भएको छ । उनी ८२ वर्षका थिए । पोखरा १७ स्थित आफ्नै निवासमा आचार्यको साउन १४ गते बिहीबार निधन भएको हो ।

बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले आचार्य वामपन्थी आन्दोलनका एक हस्ती, नागरिक समाजका अगुवा, कानुन व्यवसायीका आदर्श पुरुष र विधि र कानुनको हिमायती रहेको स्मरण गरेका छन् ।

तपाईको प्रतिक्रिया