लोघेकरमा घरदैलामै सामाजिक सुरक्षा भत्ता वितरण

एसके थकाली \ जोमसोम
दुर्गमा हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाले बिहिबारदेखि ५ वटै वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट आफै जनताको घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान सुरु गरेको पालिकाले जनाएको छ ।
स्थानीय सरकार मार्फत वितरण गरिने सामाजिक सुरक्षा भत्ता आफ्ना नागरिकलाई गाउँगाउँसम्म पुगेर वितरणका लागि पालिका अध्यक्ष बिष्टसहित एमआईएस अपरेटर किरण बि.क.,वडाध्यक्ष हिरा गुरुङ र प्रभु बैंकका शाखा प्रमुख टसी ल्हामो गुरुङ कार्यस्थलमा खटिएका हुन् ।
सरकारी सेवालाई घरदैलौमै पुगेर संम्वन्धित नागरिकको हातमा दिने उद्देश्यले पालिका र बैंकको टोली खटिएको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । भौगोलिक रुपले विकट सो पालिकाको ५ वटैका सामाजिक सुरक्षा भत्ता पाउँने नागरिक वडाकार्यालयसम्म धाउन मुश्किल पर्ने भएकाले पालिका र बैंकको टोली नागरिकको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान सुरु गरिएको प्रमु बैंकका शाखा प्रमुख टसी ल्हामो गुरुङले उल्लेख गरे । लोघेकर दामोदरकुण्ड गापाले पछिल्लो समय चौमासिक किस्ता वापतको सामाजिक सुरक्षा भत्ता नागरिकको घरदैलोमै पू¥याउने गरेको लोघेकर—४ का वडाध्यक्ष हिरा गुरुङले बताए ।जनप्रतिनिधि घरदैलोमै आएर सामाजिक सुरक्षा भत्ता थपाईदिन थालेपछि लोघेकरका ज्येष्ठ नागरिकले प्रत्यक्ष सरकार गाउघरमै आएको महशुस गर्न थालेका छन् ।
भौगोलिक रुपले विकट तथा सबैभन्दा कमजनसंख्या रहेको लोघेकर दामोदरकुण्ड गापाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिक ,ज्येष्ठ नागरिक दलित ,एकल महिला , विधवा आर्थिक सहायता र अपांग आर्थिक सहायता लगायतको सामाजिक सुरक्षा भत्ता वापतको तेश्रो किस्ता घरदैलोमै वितरण गरेको हो ।
पालिका र बैंकका प्रतिनिधिले सो पालिका भित्रका ५ वटै वडाका २ सय ३ जनालाई सामाजिक सुरक्षा भत्ता वापत पाउने २० लाख ७३ हजार ५ सय रुपैया वितरण गरेको हो ।जसमध्ये ७० वर्ष पुगेका १ सय १२ जना ज्येष्ठ नागरिकलाई १३ लाख १३ हजार ९ सय ,ज्येष्ठ नागरिक दलित २ जनालाई १ हजार ६ सय ,एक महिला ४७ जनालाई ३ लाख ७० हजार , विधवा आर्थिक सहायता ३२ जनालाई २ लाख ५२ हजार र ख बर्गका अपांग आर्थिक सहायता १९ जनालाई १ लाख २१ हजार ६ सय रुपैया वितरण गरिएको हो
पालिका र बैंकको टोली घरदैलोमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय नागरिक निकै खुसी भएका छन् ।लोघेकर दामोदरकुण्ड —४ ढी गाउँकी ७८ वर्षियाा ज्येष्ठ नागरिक कुङ्गा साङ्वो गुरुङ सामाजिक सुरक्षा भत्ता लिन वडाकार्यालय धाउन पर्नेमा सरकारनै घरमा आएर भत्ता दिदाँ आफुहरु उत्साहित भएको बताईन् ।
“ हात खुट्टा चल्न छोडे ,वडा कार्यालयमा पुग्न असजिलो हुन्थ्यो,उनले भनीन्“भत्ता बुझ्न एकजनाको साथ लिएर जानु पथ्र्यो , पालिकाले घरमै आएर भत्ता दियो ।’
फोटो क्याप्सन ःसामाजिक सुरक्षा भत्ता वितरण गर्दै अध्यक्ष बिष्ट ः तस्विर ःसुन्दरकुमार थकाली










चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया