म्याग्दीको बादिकामा जीप दुर्घटना,एकजनाको मृत्यु

राकेश शर्मा
म्याग्दी
म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताकम देखि दरबाङ हुदै बेनीतर्फ आउदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडक अन्तरगत बादिकाको भिरबाट खसेको हो ।
धवलागिरी गाउँपालिका–७ ताकमका २७ वर्षीय बिकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्कीएको जिपबाट उछिट्टिएर भिरमा खसेका थिए ।
चालक सहित ८ जना सामान्य घाइते भएका छन् । चालक आकाश रसाइलीको निधार र घाटीमा चोट लागेको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य छ ।
सडकबाट पल्टिएर सल्लाको रुखमा अड्कीदासम्म जिपभित्रै रहेका यात्रुहरु बाँचेका हुन् । जिपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताउनुभयो । स्थानीयबासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए ।
दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक पौडेलले बताउनुभयो ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया