मुस्ताङका भाईरल स्वास्थ्यकर्मी रोक्का सम्मानीत

सुन्दरकुमार थकाली \ जोमसोम
मुस्ताङमा कार्यरत भाईरल स्वास्थ्यकर्मी शनिबार काठमान्डौंमा सम्मानीत भएका छन् ।विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणकालको जटिल परिस्थितीमा नागरिकको स्वास्थ्यरक्षाका लागि उल्लेखनीय योगदान पू¥याएको भन्दै कन्टिनेन्टल ट्रेनिङ ईन्टरप्राईजेजको आर्थिक सहयोगमा बारबरा फाउन्डेसनले कोवाङ स्वास्थ्य चौकीका स्वास्थ्य सहायक लालबहादुर रोक्कालाई नगद एकलाखसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
महिला सशक्तिकरण र शिक्षाक्षेत्रमा नेपालको दुर्गम तथा पीछडिएको गाउहरुमा जीवन परिवर्तन लगायतका क्षेत्रमा योगदान गर्दैआईरहेको बारबरा फाउन्डेसनले काठमान्डौंको राष्ट्रिय सभागृहमा आयोजिक सम्मान कार्यक्रममा सामाजिक संञ्जालमा भाईरल बनेका स्वास्थ्यकर्मी रोक्कालाई कोभिड—१९ विशिष्ट सम्मानबाट पुरस्कृत गरेको हो ।
सो सम्मान कार्यक्रममा फाउन्डेसनले ७ वटा स्वास्थ्य संम्वद्ध संस्थाका नर्सिङ चिकित्सक, प्यारोमडिक स्वास्थ्य सहयोगी लगायतका ८७ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको फाउन्डेसनका कार्यक्रम संयोजक प्रवास गौतमले जानकारी दिए । यसअघि देशभरका स्वास्थ्यकर्मीहरुलाई नोमेनिशेन आहवान गरिएकोमा फाउन्डेसनले गठन गरेको कोभिड—१९ विशिष्ट सम्मान निर्णायक समितिले ८७ जना स्वास्थ्यकर्मी छनौट गरेको थियो ।
बारबर फाउन्डेसनले आयोजना गरेको कोभिड—१९ विशिष्ट सम्मान प्राप्त गर्नेमा चिकित्सक २० जना ,स्टाप नर्स २७ जना , प्यारामेडिक तथा स्वास्थ्य सहयोगी ९ जना, सपोर्ट स्टाप ५ जना ,मेनेजमेन्ट तथा पब्लिक पोलिसी १९ जना र ईन्टिट्युसन ७ जना रहेको संयोजक गौतमले बताए । फाउन्डेसनले चिकित्सकलाई २ लाख ५० हजार ,स्टाप नर्सलाई एक लाख २५ हजार र प्यारामेडिकलाई नगद एक लाखसहित प्रमाणपत्रले सम्मान गरेको हो । फाउन्डेसनले ८७ जना स्वास्थ्यकर्मीलाई १ करोड बराबरको नगद पुरस्कारले सम्मान गरेको हो ।कोरोना रोकथाम तथा उपचारमा योगदान पू¥याउने स्वास्थ्यकर्मीहरुलाई पूर्व राष्ट्रपती डा. रामवरण यादव र फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइत लगायतले सम्मान गरेका थिए ।
हिमाली जिल्ला मुस्ताङमा कार्यरत स्वास्थ्यकर्मी लालबहादुर रोक्का थासाङ गाउपालिका—२ कोवाङ स्वास्थ्यचौकीमा कार्यरत छन् ।बर्खायामको मौसममा गत फागुन महिनाको कोरोनाको पहिलो डोज खोप लगाएका नागरिकलाई दोश्रो डोज खोप लगाउने क्रममा उनले पू¥याएको योगदानको कदर गर्दै फाउन्डेसनले विशष्ट सम्मानबाट पुरस्कृत गरेको हो ।
मुस्ताङमा कोरोनाको दोश्रो डोज लगाउने कार्यक्रम रहदा उनले मुस्ताङको छाक्ताङ खोलामा खोप तारेको भिडियो सामाजिक संञ्चालमा भाईरल भएको थियो ।जुन भिडियो देखेपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशकले समेत साहसिक कदम भन्दै उच्च प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया