पाेखराकाे पर्यटन क्षेत्र सुनसान

समाधान संवाददाता २०७८ साउन १७ गते १५:४६

सञ्जय रानाभाट
पोखरा‍-कारोना महामारीसँगै बन्द भएको पोखराको पर्यटन क्षेत्र अझै खुलेको छैन । जिल्ला प्रशासन कास्कीले साउन ३ गतेदेखि लकडाउन खुकुलाे बनाए पनि पाेखराकाे हाेटल व्यवसायलाई बेड क्षमताको ५० प्रतिशतमा पाहुना राख्ने गरी अनुमति दिएको छ । तर ५० प्रतिशत त के १ प्रतिशत पनि पाहुना होटलले पाएका छैनन् ।


प्रशासनले अनुमति दिँदासमेत लेकसाइडका व्यवसायीहरु होटल खोल्न तयार छैन । खोप नपाएसम्म होटल नखोल्ने पक्षमा ८५ प्रतिशत व्यवसायी रहेको पश्चिमाञ्चल होटल संघ (हान)का अध्यक्ष विकल तुलाचन बताउँछन् ।

खोप उपलब्ध नभएकैले पूर्ण रुपमा व्यवसाय सञ्चालन नभएको नेपाल पर्यटन बोर्डका पूर्व सदस्यसमेत रहेका बासुदेव त्रिपाठीले बताए । भन्छन्, ‘खोप उपलब्ध नहुँदा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन ।’ सुरक्षा नभएपछि व्यवसाय सञ्चालन नगरेको उनले बताए । ‘एकजना रिसेप्सनिस्टले सबै पाहुनासँग ‘डिल’ गर्नुपर्छ ।

Advertisement

कि त आउने पर्यटक भ्याक्सिन लगाएको हुनुप¥यो,’ उनले भने, ‘सरकारलाई २० दिनमा ६÷७ चोटि खोप उपलब्ध गराउन पत्र बुझाइसक्यों । तर, माग पूरा भएको छैन ।’
पछिल्लो समय कोरोना महामारीको पहिलो र दोस्रो लहरसँगै पोखराका होटल, टे«किङ, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायत पर्यटन व्यवसाय विस्थापित हुने क्रम बढ्दो छ । सरकारले पर्यटन व्यवसायलाई खोपको प्राथमिकताको सूचीमा नराख्दा व्यवसाय सञ्चालनमा नआएको होटल संघका अध्यक्ष तुलाचनले बताए । ‘महामारीको समयमा २५ प्रतिशत व्यवसायी पलायन भइसकेका छन्,’ उनले भने, ‘अहिले १५ प्रतिशतभन्दा कम होटलमात्र व्यवसाय सञ्चालन छन् । राज्यबाट पनि मागहरु सम्बोधन भएका छैन ।’


अहिले व्यवसाय सञ्चालन गर्न एकदम जोखिम भएको उनले बताए । ‘पहिला फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाउन पाउनुप¥यो । घुमफिरको क्षेत्र भएकाले प्रत्यक्ष ग्राहकसँग सम्पर्क गर्नुपर्छ, पर्यटन व्यवसाय झन् जोखिम छ,’ उनले भने । पर्यटन व्यवसायीलाई भाडा, कर, ब्याज छुटसमेत नभएको उनले बताए ।
पोखरामा हाल ६०० रिसोर्ट तथा होटल छन् ।

Advertisement

तिनमा १८ हजार बेड क्षमता छ । कोरोना महामारीले पोखराको व्यवसायहरु डुंगा व्यवसायी, अल्ट्रालाइट, जिपफ्लायर, बन्जी जम्प, प्याराग्लाडडिङ, ¥याफ्टिङ, क्यानोनिङ हट एअर बेलुन लगायत सम्पूर्ण गतिविधि ठप्म भएका छन् ।


होटल व्यवसायमा सञ्चालन गरे पनि व्यापार व्यवसाय चलायमान हुन नसकेको व्यवसायी नेत्रप्रसाद पौडेल (रमेश)ले बताए । उनले पोखरा लेकसाइड स्ट्रीट नम्बर १५ मा क्रिस्टल प्यालेस सञ्चालन गर्दै आइरहेका छन् । ‘सरकारले सुरक्षाका मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न दिएपछि नियमित सञ्चालन गर्दै आइरहेका छन् । भन्छन्, ‘नियमित व्यवसाय सञ्चालन गरेको छु, तर दिनभर बस्ने हो । ग्राहक आउने आशामा खोल्यो । व्यापार केही हुँदैन ।’


पश्चिमाञ्चल होटल संघका कार्यसमिति सदस्य समेत रहेका पौडेले पहिलो लहरले भन्दा दोस्रो लहरले एकदम गाह्रो बनाएको सुनाए । ‘पहिलो लहरमा त भारतबाट घुम्न आएका थिए । आन्तरिक पर्यटन पनि आएका थिए तर, दोस्रो लहरले व्यवसाय धरापमा पा¥यो,’ उनले भने, ‘जोखिम मोलेर व्यवसाय सञ्चालन ग¥यो कामै छैन । न त खोप लगाउन पाएका छौं ।’


सबै नेपालीले खोप लगाउन पाए भने मात्र व्यवसाय राम्रोसँग सञ्चालन हुने उनले बताए । सरकारले कोभिड–१९ प्रभावित व्यवसायीका लागि सरकारले सहुलियत ब्याजदरमा ऋण दिन चालु आर्थिक वर्षमा ५० अर्ब रुपैयाँको व्यावसायिक निरन्तरता कोष र एक खर्बको पुनर्कर्जा कोष स्थापना गरेको थियो । तर कोषले आफूहरुलाई राहत नपुगेको पौडेलले बताए ।

गण्डकी प्रदेशले स्थापना गरेको ५० अर्बको व्यवसाय जीवनरक्षा कोषबाट पनि व्यवसायीले पाउनुपर्ने राहत कार्यान्यन नभएको उनले बताए । ‘बैंकबाट लोन निकालेर व्यवसाय सुरु गरियो । अहिले बैंकले क्लोजिङ छ, लोन तिर्नुप¥यो भनेर कल गर्छ तर तिने पैसा छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया