माछापुच्छे« गाउँपालिकाको भवन काठको गुणस्तर जाँच्न काठमाडौं पठाइयो

समाधान संवाददाता २०७८ साउन १७ गते १६:२२

समाधान संवाददाता
पोखरा- सरकारी भवनको झ्यालm ढोकामा कमसल खालको काठको प्रयोग भएको गुनासो आएपछि जिल्ला समन्वय समिति कास्कीले काठको नमुना परीक्षणका लागि वनस्पति विभागको काठमाडौंको प्राकृतिक उत्पादन अनुसन्धान प्रयोगशाला पठाइएको छ ।

Advertisement


कास्कीको माछापुच्छ«े गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनमा प्रयोग भएको काठको टुक्रा परीक्षणका लागि पठाइएको समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । समन्वय समिति कास्कीले भवनको शुक्रबार गरेको अनुगमनमा गएका डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले काठको नमुना परीक्षण कास्कीको पहिलो र नौलो विषय भएको बताए । उनले काठको परीक्षणपछि सक्कल जिन्सी फिर्तासमेत हुने जानकारी दिए ।


पालिकाको वडा नम्बर ४ लाहाचोकमा जिल्ला समन्वय समिति कास्कीको २ करोड ५० लाख, गण्डकी प्रदेश सरकारको ५० लाख र पालिकाको ३ करोडसमेत गरी ६करोड ६२ लाख११ हजार९सय ६ रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन बन्न लागेको छ । समन्वय समिति कास्की प्रमुख क्षेत्रीले ल्याब परीक्षण गर्दा काठको प्रयोगमा बदमासी भेटिए छुट दिन नसकिने बताए । ‘भवन निर्माणको सम्बन्धमा नागरिक स्तरको निगरानी हुनु सकारात्मक छ,’उनले भने, ‘नियम, कानुनको परिधिभित्र रहेर भवनको निर्माणका बारेमा जानकारी लिनुपर्छ ।’


उनले कास्कीका ५ पालिकामध्ये माछापुच्छे«ले प्रशासकीय भवन बनाउन लागेको बताए । समन्वय प्रमुख अधिकारीले पालिकाले भवन निर्माणको बढी रेखदेख गर्नुपर्ने सुझाव दिए । उनले समन्वय समितिले भवनको निर्माणका अनुगमन गर्दा गम्भीर त्रुटि नभेटेको जानकारी दिए ।विकास, निर्माणको काममा कसैले पनि राजनीति गर्न नहुने उल्लेख गर्दै उनले विकास, निर्माणका काममा राजनीति गरिए समृद्धिको यात्रा पूरा गर्न नसकिने बताए ।


जिल्ला समन्वय अधिकारी नवराज बरालले वित्तीय उत्तरदायित्व ऐन तथा आर्थिक सुशासन अन्तर्गत भवनको लागतसहितको सबै विवरण प्रष्ट बुझिने गरी सूचना पाटीमा राख्न सुझाव दिए । उनले नागरिक समाजको प्रतिनिधिसमेत राखेर पालिका स्तरको अनुगमन समिति बनाउन आग्रह गरे ।

Advertisement


पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पालिकालाई कुनै जानकारी नदिई गत साउन ५ गते भवनको काठको प्रयोगका बारेमा बलपूर्वक पसेर हेर्ने काम भएको जानकारी दिए । घटनापछि दुबै पक्षबाट उजुरी परेको उल्लेख गर्दै उनले पालिकाले निवेदनमाथि छानबिन गरी काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गरे ।


पालिकाका सब इन्जिनियर राजेन्द्र गौतमले नयाँबाटो जिएस इन्जिनियरिङ जेबीले निर्माणको काम गरेको बताए ।निर्माण कम्पनीसँग २०७७ भदौ १५ गते सम्झौता भएकोमा २०७८ फागुन १६ गते सम्पन्न गर्नुपर्ने छ । उनले भवनको ७० प्रतिशत वित्तीय प्रगति र ७५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनले लिफ्टसहितको अपांगमैत्री भवन बनाएको बताए ।


निर्माण कम्पनीका प्रोपाइटर डम्बरराज ढकालले डिजाइन अनुसारको काठको प्रयोग गरेको दाबी गरे । सरकारले ३ वर्ष सालको काठ काट्न प्रतिबन्ध लगाएका कारण काममा केही कठिनाई भएको उल्लेख गर्दै उनले काठको गुणस्तरको विषयमा छलफल हुनुलाई स्वभाविक रुपमा लिएको बताए ।


स्थानीय चन्दादाता शिव अधिकारीले प्रशासकीय भवनमा राखिएका झ्याल, ढोकामा कमसल खालका काठ प्रयोग भएकाले सचेत गराएको उल्लेख गरे । भवनमा सालको काठ हाल्नुपर्नेमा निर्माण कम्पनीले पक्षले कमसल खालको काठ मलेसियन सालको प्रयोग गरेको आरोप लगाए । जग्गा प्राप्ति समिति संयोजक बालकृष्ण अधिकारीले भवन निर्माणका लागि स्थानीय समुदायको प्रर्याप्त सहयोग रहने प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया