वीर अस्पतालभित्र झडप

समाधान संवाददाता २०७८ साउन १७ गते १७:१५

वीर अस्पतालमा झडप भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदेर्शमा प्रहरीले अस्तक्षेप गर्दा झडप भएको हो । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर गरेकाे छ ।

Advertisement


अस्पतालको सेवामा कुनै सुधार नभएको बरु अर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शमा उत्रिएका हुन् । उनीहरुले आठ महिनादेखि कोभिड १९ जोखिम भत्ता नपाएको पनि बताएका छन् । आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता औषधि उपचार भत्ता, कोभिड १९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया