थप २ हजार ५६८ कोरोना संक्रमित पुष्टी

समाधान संवाददाता २०७८ साउन १७ गते १७:२५

नेपालमा थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५८७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ

Advertisement

तपाईको प्रतिक्रिया