करणी आरोपमा २ जना पक्राउ
समाधान संवाददाता
२०७८ साउन १८ गते १०:००

एसके थकाली \ जोमसोम
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुस्ताङमा दुई युवा पक्राउ परेका छन् । घरपझोङ —२ मार्फाका १९ वर्षीय सौगात गोतामे र पुर्वी रुकुम पुथा उत्तरगंगा —१ घरभई घरपझोङ—५ ढुम्बा बस्ने बर्ष २१ का अमित पुनमगर करणीको आरोपमा पक्राउ परेका हुन् ।
मुस्ताङको थासाङ गाउँपालिकाको एक स्थानमा गत बिहिबार उनीहरुले १६ र १७ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
जबरजस्ती करणीको आरोपी अमित पुनमगरलाई थासाङ—४ घाँसा र अर्को आरोपी सौगात गोतामेलाई घरपझोङ—२ मार्फाबाट पक्राउ गरेको प्रहरी निरीक्षक आशिष अधिकारीले बताए ।
घटनाको सूचनाका आधारमा प्रहरीले आरोपी दुई युवालाई पक्राउ गरी जिल्ला अदालत मुस्ताङमा पेस गरेको छ । प्रहरीले अदालतबाट १५ दिने म्याद राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया