काभ्रेभीरमा पहिरो, सडक अवरुद्ध

समाधान संवाददाता २०७८ साउन १८ गते १२:००


एसके थकाली \ जोमसोम—

अबिरल बर्षाका कारण आईतबार राती आएको पहिरोले राष्ट्रिय गौरवको ७६ किमी बेनी—जोमसोम सडक अवरुद्ध भएको छ । पहिरोले बेनी—जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीर सडक अवरुद्ध बनेको हो ।
पहिरोले म्याग्दी हुँदै मुस्ताङ जोड्ने काभ्रेभीर सडकको करिव ५० देखि ६० मिटर सडकमा पहिरो खसेको हो ।यस्तै, सोही स्थानको तुरतुरे धारा नजिकको सडकमा समेत २० मिटर सडक भाँसिएको छ भने अन्नपूर्ण गापा—३ काभ्रे गाउँ नजिकको सडकमा समेत सडक भाँसिएको बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

पहिरोले सडक अवरुद्ध भएसंगै बेनी हुँदै मुस्ताङत आउजाउ गर्ने यात्रुवाहक सवारी तथा मालबाहक सवारी साधन गन्तब्यमा पुग्न नसकीबीचमै रोकिएका छन् ।राष्ट्रिय गौरवको प्याकेज नम्बर—२ अन्तर्गत पर्ने म्याग्दी र मुस्ताङको सीमाना काभे्रभीर सडक सबैभन्दा अप्ठ्यारो र जोखिम युक्त स्थान हो ।

Advertisement

सो स्थानमा करिडोरले १६ सय मिटर सडकमा ब्लाास्टिङ गरी सडक चौडा गर्ने काम गरिरहेको छ । बर्सेनि बर्खायामको मौसममा सो स्थानमा बाढी÷पहिरो र नदी कटानले पटक÷पटक सडक अवरुद्ध हुने गरेको छ ।आयोजनाका सुपरभाईजर शेरचनका अनुसार सो स्थानमा पहिरो पन्छ्याएर सडक आवागमन सूचारु गर्न केही दिन लाग्नसक्ने जानकारी दिए ।

“सडक पहिरोले पुरै पुरिएको छ ,कतिपय ठाउँमा सडक बेस समेत छैन ,सडक सुपरभाईजर शेरचनले भने“ सडक खुलाउन ब्लास्टिङ गर्नुपर्ने र सो आसपासको भाँसिएको स्थानमा सडक बेस उठाउनु पर्ने हुन्छ ।’ यस्तै ,अन्नपूर्ण गापा—३ कै रुप्से झरनामा समेत अबिरल वर्षाले सडक हिलाम्मे हुने र पहिरो जाने गरेकाले पटक ÷पटक सडक अवरुद्ध हुने गरेको सडक सुपरभाईजर शेरचनको भनाई छ ।
बेनी—जोमसोम सडकमा मनोमानी भाडा ः
बर्खायामको मौसममा बेनी—जोमसोम सडक सास्तीको फाईदा उठाउँदै सो स्थानमा चल्ने यात्रुवाहक जीपहरुले यात्रुहरुबाट मनोमानी भाडा असुल्ने गरेको पाईएको छ । अबिरल वर्षाले सडक सास्ती हुँने कारण देखाउँदै बेनी—जोमसोम सडकखण्डमा चल्ने सवारी साधनले साविक भाडादरको दोब्बर भाडा यात्रुबाट असुल्ने गरेका हुन् ।

Advertisement

हिउँदयामको मौसममा सडक सहज हुने अवस्थामा पोखरा —जोमसोम यात्राका लागि १६ देखि १८ सय भाडा कायम रहेकोमा बर्खायामको मौसमको बेला प्रति यात्रु ३ हजार देखि ४ हजार सम्म भाडा लिने गरेका छन् । भाडा दोब्बर भएपनि बेनी—जोमसोम सडकमा यात्रा गर्नुपर्ने बाध्यता यात्रुबर्गलाई परेको छ ।

सो स्थानमा चल्ने जीपका चालकहरुले भने अप्ठ्यारो र जोखिम मोलेर सवारी चलाउँनु पर्ने भएका यात्रुसंग सर्त राखेरै भाडा लिने गरेको उल्लेख गरेका छन् । बर्खायामको मौसममा सो स्थानमा यात्रुबाहक बस चल्न मुश्किल पर्ने गर्छ । बस नचलेपछि जीपहरुले मनोमानी भाडा लिने गरेका हुन् ।
फोटो क्याप्सन ः बेनी—जोमसोम सडक पहिरोले अवरुद्ध । तस्विर ःईन्द्रसिंह शेरचन

तपाईको प्रतिक्रिया