कर्णालीका एमालेका ४ सांसदमाथि पार्टी कारबाही सदर
समाधान संवाददाता
२०७८ साउन १८ गते १७:३६

समाधान संवाददाता, काठमाडौं
सर्वोच्च अदालतले एमालेको माधव नेपाल पक्षका चार सांसदलाई पार्टीले गरेको कारबाहीलाई मान्यता दिएको छ।
यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गर्दै महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिएको हो।
पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई मतदान गरेको अभियोगमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गरेका थिए।
उनीहरुले नै मतदान गरेको कारण शाहीको सरकार जोगिएको थियो।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानको इजलासले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको हो। अन्तरिम आदेशविरुद्ध ओली आफैँ भ्याकेट निवेदन लिएर सर्वोच्च गएका थिए।
सम्बन्धित









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया