मेयर जिसी अस्पतालबाट डिस्चार्ज

समाधान संवाददाता, पोखरा
मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी आज डिस्चार्ज भएका छन् । १९ दिनअघि अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौं लगिएका उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो । जिसीका प्रेस संयोजक माधव बरालले उनको स्वास्थ्यमा देखिएकाे क्रमिक सुधारले सबैलाई आशा र भराेसा जगाएकाे उल्लेख गरेका छन् । बरालले फेसबुकमा लेखेका छन्- “आशा छ, उहाँ निकट भविष्यमा नै पाेखरेली जनताकाे सेवामा पुन: सक्रिय हुनुहुनेछ । अहिले उहाँ चिकित्सकीय निगरानीमा उहाँको छाेरीकाे घर काठमाडौंस्थित बुढानीलकण्ठमा हुनुहुन्छ । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अझै २ हप्ता भेटघाटकाे लागि कष्ट नगर्न सबैमा सविनय अनुराेध छ ।“








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया