मेयर जिसी अस्पतालबाट डिस्चार्ज

समाधान संवाददाता २०७८ साउन १९ गते १६:२७

समाधान संवाददाता, पोखरा

मस्तिष्क घात भएर काठमाडौं‌ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी आज डिस्चार्ज भएका छन् । १९ दिनअघि अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौं लगिएका उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो । जिसीका प्रेस संयोजक माधव बरालले उनको स्वास्थ्यमा देखिएकाे क्रमिक सुधारले सबैलाई आशा र भराेसा जगाएकाे उल्लेख गरेका छन् । बरालले फेसबुकमा लेखेका छन्- आशा छ, उहाँ निकट भविष्यमा नै पाेखरेली जनताकाे सेवामा पुन: सक्रिय हुनुहुनेछ । अहिले उहाँ चिकित्सकीय निगरानीमा उहाँको छाेरीकाे घर काठमाडौंस्थित बुढानीलकण्ठमा हुनुहुन्छ । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अझै २ हप्ता भेटघाटकाे लागि कष्ट नगर्न सबैमा सविनय अनुराेध छ ।

Advertisement

तपाईको प्रतिक्रिया