कार्ल मार्क्सकाअन्तरङ्ग मित्र एङ्गेल्स

समाधान संवाददाता २०७८ साउन २१ गते ९:०७

झपट रानाभाट
कार्ल मार्क्स र एङ्गेल्सको बीच यस्तो मित्रता थियो कि,जसको बिश्वमा कुनै उदाहरण पाइदैन । मार्क्स स्वयं त्यो मित्रतालाई यूनानी पौराणिक कथाहरूमा वर्णित साथीत्व जस्तो मान्नुहुन्थ्यो । यस मित्रतामा आरम्भदेखि अन्तिमसम्म करीब एङ्गेल्सले नै ज्यादा त्याग ,सहयोग र सहायता गरेको देखिन्छ । त्यसैले त्यो एकपक्षीय मित्रतालाई आलोचकहरुले माक्र्सद्वारा एङ्गेल्सको लगातार भावनात्मक ,बैचारिक र आर्थिक शोषण पनि भन्थे । तर,जवानीमा भएको मित्रता बाल्यपनको मित्रता समान बूढेसकालसम्म निरन्तर निर्वाध र सदाबहार रुपले जारी रह्यो,जसको निश्छ आवेग सधैं बनिरह्यो ।
माक्र्सको एङ्गेल्ससितको पहिलो भेट सन् १८४२ मा पेरिसमा भएको थियो ।त्यो भेट निकै सानो र शिष्टाचार भेट थियो,जसमा मार्क्स एङ्गेल्ससित खासै प्रभावित हुनुभएको थिएन । पछि एङ्गेल्सका केही लेखहरु माक्र्सले अध्ययन गरे । ती लेखहरुमा माक्र्सलाई एक बिशेष प्रकारको बैचारिक ताप अनुभव भयो । त्यसपछि मार्क्सले एङ्गेल्ससित पत्रमित्रता शुरु गर्नु भो । ती पत्रहरुले दुबै जना बीचको परिचयलाई त गहिरो बनायो नै,बैचारिक सहमतिहरुको सिलसिला पनि उत्तिकै रूपमा शुरु भो । सन् १८४४ मा एङ्गेल्स पेरिसमा माक्र्सकोमा आएर ९–१० दिनसम्म बस्नुभो । तिनै ९–१० दिन वहाँहरुको सम्बन्धमा निकै महत्त्वपूर्ण सावित भए । ती दिनहरुमा हरेक मुद्दाहरू माथि खुलेर कुराकानी भो । दुबैजनाले एक अर्काको बैचारिक क्षितिज र गहिराइलाई बुझ्नु भो । सबैखाले सैद्धान्तिक र ब्यवहारिक मुद्दाहरु माथि जमेर कुरा भयो,जसले दुबै जनालाई एक –अर्काको नजिक तुल्यायो । दुबै जनाको बीच एक यस्तो बैचारिक तालमेल बन्यो,जुन अगिल्ला कामहरुको आधार पनि बन्यो र अन्तिमसम्म उस्तै चलिरह्यो ।


मार्क्स झैं एङ्गेल्स पनि जर्मन हुनुहुन्थ्यो । वहाँको जन्म जर्मनीको राईन प्रान्तको वार्गेन शहरमा भएको थियो । ईङ्ग्ल्याण्डका मिलहरुमा एङ्गेल्सका बुवाको साझेदारी थियो ।आर्थिक रूपमा एङ्गेल्स अत्यन्तै बैभवशाली हुनुहुन्थ्यो । एङ्गेल्सका बुवा पढाइलेखाइ सकाएर छोरालाई आफ्नो ब्यापार ,ब्यवसायमा लगाउन चाहनुहुन्थ्यो । बुवालाई छोराको मष्तिष्कमा आएको बिचारको उथलपुथलको अनुमान नै थिएन । माद्यामिक शिक्षा पूरा गरेपछि कारोबारको राम्रो तालिम लिन एङ्गेल्सलाई बाहिर पठाइयो । एङ्गेल्स ती सबै कुरा गर्न चाहनु हुन्थेन,त्यही पनि सिक्ने त्यो एक मौका थियो,त्यसैले एङ्गेल्सले त्यो अवसरलाई खेर जान दिनुभएन ।


एङ्गेल्समा निरीक्षण–परीक्षण र विश्लेषण गर्ने प्रवृत्ति शुरुदेखि नै थियो । त्यो बानी पछिका बर्षहरुमा झन् बढ्यो । फलस्वरूप वहाँ आफ्नो किशोरवस्थामा नै लेख लेख्न थाल्नु भो । एङ्गेल्सको अध्ययन जारी मात्र रहेन,झन् झाङ्गियो । कार्लमाक्स झैं वहाँ लगातार पुस्तक र पत्रपत्रिका पढिरहनु हुन्थ्यो,लेखिरहनु हुन्थ्यो । अध्ययन र लेखनका ती सामग्रीहरुमा ,त्यस्ता किताबहरु पनि सामेल हुन्थे,जसमाथि जर्मनीमा प्रतिबन्ध लागेको थियो । एङ्गेल्सले सैनिक शिक्षा समेत हासिल गर्नुभएको थियो । झन् अगाडि बढ्दा त्यो शिक्षाले कार्लमाक्स र एङ्गेल्सका सैनिक मामिला सम्बन्धि लेखनमा ठूलो मद्दत गरेको थियो ।


कार्लमाक्स झैं एङ्गेल्सले पनि“ राईन समाचार“ पत्रका लागि लेख्न शुरु गर्नुभो र महत्त्वपूर्ण मुद्दामाथि समर्थन वा बिरोधमा लेख लेख्न थाल्नुभो । एङ्गेल्सको सोच पनि परिवर्तनकामी ,अन्याय, अत्याचार र शोषण बिरोधी थियो ।


माक्र्स र एङ्गेल्स एकअर्कामा परिचित र हेलमेल भैसकेपछि दुबै जनाको सहबिचार यात्रा आरम्भ भयो । दुबैजना तीव्रतापूर्वक बैचारिक रुपले एक अर्काको नजिक हुनुभो । दुबै जना मिलेर मजदुर संघर्षलाई तीव्र गर्ने र सही पहिचान बनाउने पुस्तकहरु लेख्न शुरु गर्नुभयो ।


वास्तवमा एङ्गेल्स गम्भीर प्रकृतिका ब्यक्तित्व र एक गम्भीर अध्येता पनि हुनुहुन्थ्यो । सानो उमेरमै एङ्गेल्सले धेरै किताबहरु पढिसक्नुभएको थियो । एङ्गेल्स २० वटा भाषाका ज्ञाता हुनुहुन्थ्यो । त्यति धेरै भाषाहरुको जानकारीले स्वाभाविक रूपमा पार्टी निर्माण र त्यसका तमाम कामहरुको लागि उपयोगी हुन्थे नै । कार्लमाक्सको लेखनमा पनि एङ्गेल्सको बहु भाषा ज्ञानले ठूलै मद्दत पु¥यायो ।
मित्रताको आरम्भका बर्षहरुमा माक्र्स र एङ्गेल्स दुबै जनाले एक्लाएक्लै बस्नु परेको थियो । पछि एङ्गेल्स लण्डनमा स्थायी रुपमा बस्न थालेपछि माक्र्सले त्यसलाई वरदान ठान्नुभो । एङ्गेल्स माक्र्सको एक अत्यावश्यक भाग जस्तै हुनुहुन्थ्यो । यथार्थमा कार्लमाक्सले आफ्ना रचनात्मक र आत्मीय क्षणहरुमा एङ्गेल्सको भरपूर उपयोग गर्नु भो । एङ्गेल्स माक्र्सको प्रतिभाबाट शुरुदेखिनै प्रभावित हुनुहुन्थ्यो । एङ्गेल्स कार्लमाक्सको अध्ययन ,तर्क,विश्लेषण र बिचारदृष्टिका प्रशम्सक हुनुहुन्थ्यो । एङ्गेल्सले यसलाई खुलेआम स्वीकार्नुभएको थियो । माक्र्सको त्यो प्रतिभा फक्रीन र आफ्नो क्षमता सिद्द गर्नमा एङ्गेल्सले वास्तव मै उल्लेखनीय सहयोग गर्नुभो ।


गम्भीर अध्येता र श्रेष्ठ लेखकको अतिरिक्त एङ्गेल्स एक उत्कृष्ट सङ्गठनकर्ता समेत हुनुहुन्थ्यो । जर्मनी ,फ्रान्स ,ईङ्ग्ल्याण्ड,बेल्जियम र अन्य कैयौं देशहरूमा मजदुर चेतना बिकसित गर्ने र तिनीहरूलाई सङ्गठित गर्ने काम एङ्गेल्सले गर्नुभो । कार्लमाक्स सङ्गै वहाँ पनि मजदुरको मुक्ति अभियानमा पूरै निष्ठाका साथ लाग्नुभएको थियो । मजदुरको मुक्तिको सपना माक्र्स झैं एङ्गेल्सको आँखाको पनि एकमात्र सपना थियो,यसलाई वास्तविकतामा बदल्ने कोसिसमा एङ्गेल्स निरन्तर लागेको पाइन्छ । सङ्गठनको प्रत्येक मामिलामा माक्र्स र एङ्गेल्स एक अर्कामा सहमत हुनुहुन्थ्यो । यद्यपि एङ्गेल्स माक्र्सका सबै दिशानिर्देशहरुलाई मान्नुहुन्थ्यो । एङ्गेल्सले सङ्गठन भित्र माक्र्सको विरुद्ध छेडिएका तमाम लडाइँहरु आफैं पनि लड्नुभो ।


लण्डनमा स्थायी रुपले बस्न थालेपछि कार्ल र एङ्गेल्सको नियमित भेटघाट हुन थाल्यो । एङ्गेल्स पहिले पनि सामान्यतया ः माक्र्स परिवारको पाहुना हुने गर्नुहुन्थ्यो । ती दिन पूरै माक्र्सको परिवारको लागि धेरै खुशीका दिन हुने गर्थे । फर्केर गएपछि दुबैजना पत्राचारको माध्यमबाट एकार्कासित जोडिएर रहनुहुन्थ्यो । ती पत्रहरु खासमा बिचार बिनिमयको साधन हुन्थे । कार्लमाक्सका प्रत्येक सैद्धान्तिक मान्यताहरु पहिलोपटक तिनै पत्रहरुमा व्यक्त भएका हुन्थे ।


एङ्गेल्सको आर्थिक अवस्था आफ्ना बुवाको ब्यापार –ब्यवसायको कारणले शुरुदेखिनै निकै राम्रो थियो । एङ्गेल्सले आफ्नो राम्रो स्थितिको प्रयोग माक्र्सलाई सहयोग दिनमा गर्नुभो । एङ्गेल्सका कुनै सन्तान थिएनन् । वहाँकी जीवन सङ्गिनीको मृत्यु धेरै पहिल्यै भएको थियो । एङ्गेल्स नीजि पीडाका हरेक दर्दनाक क्षणहरुमा आफ्नो मित्रको उपस्थितिको जरुरत महसुस गर्नुभएको हुन्थ्यो तर माक्र्स एङ्गेल्सका प्रत्येक दर्दमा जान सक्नुहुन्थेन ।


एङ्गेल्सको जीवनको सबैभन्दा ठूलो योगदान माक्र्सलाई गरिएको वहाँको मद्दत थियो । कार्लमाक्स जीवनभर आर्थिक आधीमा फसिरहनुभो । कार्लको पूरै जिन्दगी समस्याग्रस्त रह्यो । आपतकालीन दिनमा नै एङ्गेल्स कार्लमाक्सको सबैभन्दा ठूलो सहयोगी सावित हुनुभयो,जिन्दगीभर आफ्ना मित्रलाई मद्दत पु¥याइरहनु भयो । कार्लमाक्सको सिङ्गै परिवार समस्यामा फसेपछि एङ्गेल्स कुनै भगवान वा देवदूत झैं आफ्नो सहायता लिएर उपस्थित हुनुहुन्थ्यो । पछि त एङ्गेल्सले कार्लको परिवारलाई नियमित रुपले सहायता पु¥याउने सिलसिला शुरु गर्नु भयो । यो सहायताको,यो मद्दतको कहिल्यै पनि कुनै हिसाबकिताब राखिएन । न त,कहिल्यै हिसाब तिरियो?


आखिर एङ्गेल्सले यसरी कार्लमाक्सको किन हिफाजत गर्नुभयो,आखिर मद्दत गर्ने पनि एक हद वा सीमा हुनुपर्थ्यो भन्ने कुरा बुझ्न साह्रो पर्न सक्छ । अर्कोतर्फ कार्लमाक्सको तर्फबाट सोच्ने हो भने के सवाल उत्पन्न हुन सक्छ भने जतिसुकै समस्यामा परेपनि कुनै ब्यक्तिले त्यस किसिमको लगातारको मद्दत कसरी स्वीकार गर्न सक्छ? आखिर स्वाभिमान जस्तो पनि त कुनै चीज हुन सक्छ ।
यदि माक्र्स र एङ्गेल्स बीचको सोच,आत्मीयता र अनन्यताका अन्त ः सूत्रहरुलाई राम्रोसँग बुझ्ने हो भने सम्पूर्ण कुराहरु आफैं स्पष्ट हुन्छन् । वहाँहरु बीचको मित्रताको पूरै भवन खडा भएको थियो । वास्तवमा वहाँहरु दुबै जनाको मित्रताले एक यस्तो उचाइ हासिल गरेको थियो,जहाँ पुगेर हर किसिमका ब्यक्तिगत सम्पत्ति वा निजत्व आफैं समाप्त हुन्छन् । आफ्नो वा अरुको भन्ने केही बाकी रहदैन । यी सबै कुराहरु ब्यक्तिगत नातामा मात्र होइन बरु सोच र लेखनको धरातलमाथि वहाँहरुको बीच सबै कुरा साझा थियो ।


एङ्गेल्सको सामयिक मद्धतबाट नै माक्र्सको “पूजी“ जस्तो महान लेखन सम्भव हुनसक्यो । यदि एङ्गेल्सको त्यस किसिमको सहयोग नमिलेको भए माक्र्स निश्चितरूपमा मर्नुहुन्थ्यो भन्ने लेनिनको भनाइ पनि सहीनै हो । माक्र्स बिरामी भएपछि एङ्गेल्सले वहाँको उपचार गर्ने ब्यवस्था गर्नुभो । उपचार गर्ने मामिलामा माक्र्स केही उदासीन हुनुभो । त्यस्तो अवस्थामा जरुरी हुँदा एङ्गेल्स कार्लमाक्ससित रिसाउनु भयो । उपचार प्रति कार्लको लापरबाही देखेर एङ्गेल्सलाई धेरै रिस उठथ्यो ।


आफ्नो साथीलाई निरन्तर सहयोग गर्न सकियोस् भनेर एङ्गेल्सले पहिले आफ्नो आयको सही ब्यवस्था गर्नु भो । पछि माक्र्सलाई नियमित सहायता दिन थाल्नुभो । कार्लमाक्सलाईआफ्नो मित्रको त्यो सहयोगको महत्त्व राम्रोसँग थाहा थियो । कार्लले आफ्ना चिट्ठीहरुमा त्यो अमूल्य सहयोगको महत्त्वलाई स्वीकार गर्दै भन्नुहुन्थ्यो –“यदि यो सहयोग नमिलेको भए म यता न उताको हुन्थे र मेरो परिवारको त झनै कस्तो दूर्गति हुन्थ्यो होला ।“


एङ्गेल्सले आफ्ना मित्र माक्र्सको परिवारको लागि आफू बाचुन्जेल सहयोग गर्नुभो,त्यतिमात्र हैन,कार्लको मृत्यु पछि पनि निरन्तर कार्लको परिवारलाई सहायता गर्नुभएको थियो । माक्र्सको मृत्यु पश्चात एङ्गेल्स माक्र्स परिवारको अभिभावक बन्नु भो । त्यसको अतिरिक्त कार्लको अप्रकाशित साहित्यलाई सामुन्ने ल्याउने महत्त्वपूर्ण काम समेत गर्नुभो ।


माक्र्सको ज्यान लिने हरेक बेदनाका क्षणहरुमा एङ्गेल्स बराबर उपस्थित हुनुहुन्थ्यो । चाहे माक्र्सको जेठो छोरा एडगरको मृत्युको क्षणमा होस् वा सहधर्मिनी जेनीको मृत्युको क्षणमा । प्रत्येक मौकामा एङ्गेल्सले पूरै जिम्मेवारी र कर्तव्यबोधका साथ मित्रता र असल साथीको भूमिका अदाहा गर्नुभयो ।
यसरी एङ्गेल्स मार्क्स परिवारको अनिवार्य अङ्ग बन्नुभएको थियो । कार्ल मार्क्सको पूरै परिवारले एङ्गेल्सको अपरिहार्य आवश्यकता महसुस गर्थ्यो नै । कार्लमार्क्सकी जीवनसङ्गीनी जेनीले समेत एङ्गेल्सको विशेष सम्मान गर्नुहुन्थ्यो । एङ्गेल्सले पनि जेनीको गाम्भीर्यता,बुद्दिमता र मजदुर आन्दोलनप्रतिको समर्पण ,त्याग,वलिदान र निष्ठाबाट विशेष प्रभावित हुनुहुन्थ्यो । कार्लमार्क्सका छोरीहरुलाई पनि एङ्गेल्स बराबर दिशानिर्देश गर्नुहुन्थ्यो ।


फ्रेडिक एङ्गेल्स लण्डन आएपछि दुबैजना सामान्यतया सङ्गै बस्नुहुन्थ्यो । दुबै जनाको घर केही दूरीमा मात्र थियो,प्रायः बेलुकी दुबै जनाको भेट र कुराको निरन्तर सिलसिला चल्थ्यो ।ती कुराहरूमा बिषयको कुनै सीमा हुदैनथ्यो ।राजनीति ,इतिहास ,अर्थशास्त्र ,बिज्ञान ,साहित्य ,सैनिक मामिला ,प्रशासन ,मजदुर आन्दोलन आदि तमाम बिषयहरुमाथि वहाँहरु दुबै घोत्लिएर छलफल गरी निष्कर्ष निकाक्नुहुन्थ्यो । दुबै जनाले एक अर्काका बिचार र सल्लाहलाई आत्मसात गर्ने बानी थियोे । दुबैजना एक–अर्काको सोचका बराबर भागेदारी हुनुहुन्थ्यो । कार्लमार्क्सले आफ्ना सबै रचनाहरुका महत्त्वपूर्ण मुद्दाहरुमा एङ्गेल्सको राय सल्लाह लिनुहुन्थ्यो । दुबैजना मिलेर कैयौं पुस्तकहरु तयार गर्नुभएको थियो । एङ्गेल्सको त्यो नै बैचारिक समानताको प्रमाण थियो ।


एङ्गेल्सले मार्क्ससित मिलेर त लेख्नुभएकै थियो ,त्यो बाहेक वहाँले धेरै लेखहरु मार्क्सको तर्फबाट मार्क्सको नाममा पनि लेख्नुभो । कार्लमार्क्सलाई जुन समयमा “न्यूयोर्क डेली ट्रीब्यून“को लागि लेख्ने काम मिल्यो,त्यस समयमा मार्क्स आफ्नो ग्रन्थ ञपूजीझको लेखनमा ब्यस्त हुनुहुन्थ्यो । मार्क्ससित अखबारको लागि लेख्ने समय थिएन । त्यसैले मार्क्सले आफ्नो तर्फबाट त्यस अखबारमा लेख्न एङ्गेल्सलाई भन्नुभो,केही दिशाबोध समेत गर्नुभो । एङ्गेल्सले आफ्नो लेखनलाई रोकेर “ न्यूयोर्क डेली ट्रीब्यून “ मा एक लेखमाला लेख्ने काम गर्नुभो ।


मार्क्स र एङ्गेल्स दुबैले आफू बीच कामको बितरण गर्नुभएको थियो । सैनिक मामिला ,रसायन ,जीव र भौतिक शास्त्र जस्ता बिषयहरुमा एङ्गेल्स पारङ्गत हुनुहुन्थ्यो । तसर्थ यी बिषयहरुका बारेमा एङ्गेल्सले मात्र लेख्न सक्नु हुन्थ्यो जब कि,इतिहास ,दर्शन ,अर्थशास्त्र जस्ता बिषयहरुमा लेख्ने काममा मार्क्सको विशेष दखलता थियो । एङ्गेल्सले मार्क्सको लागि वा मार्क्सको नाममा लेख्नु ब्यवहारिक र बैचारिक दुबै दृष्टिबाट त्यति राम्रो कुरा हैन,बेइमानी हो भन्ने कार्लमार्क्सका आलोचकहरु पनि छन् ,तिनीहरूले त्यो बुझेनन् कि कार्ल र एङ्गेल्स दुबै जना मित्रहरू आखिर एउटै लक्ष्य र उद्देश्यको लागि काम गरिरहनुभएको थियो– मजदुरहरुमा चेतना पैदा गर्ने,उनीहरूलाई सङ्गठित गर्ने,एकजुट पार्ने,पूजीपतिलाई उल्टाइ–पल्टाइ गरेर नयाँ संसार बनाउने लक्ष्य माथि बिजयी हासिल गर्ने हो भने त्यस किसिमका आरोपहरु आधारहीन र अर्थहीन हुन् । विश्व सर्वहारावर्गीय आन्दोलनका दुई महान दार्शनिक मार्क्स र एङ्गेल्स दुबै जनाको लेखन नीजि प्रसिद्धि ,नीजि महत्वाकांक्षा वा नीजि सन्तुष्टिको लागि थिएन । वहाँहरु लेखनलाई मेहनतको लडाइँको एक अत्यावश्यक हतियार झैं लिइरहनु हुन्थ्यो । यसकारण वहाँहरु को– कसको नामले वा कसको लागि लेखिरहेको छ भन्ने कुराले किन्चित फरक पर्थेन । त्यसकारण एङ्गेल्सले मार्क्सको लागि लेखे पनि मार्क्सले एङ्गेल्सका बिचारहरुलाई आफ्नो काममा बराबर महत्व र स्थान दिनुहुन्थ्यो ।

मार्क्सले एङ्गेल्सको बहुज्ञता र बौद्धिक तीव्रतालाई भित्रैबाट मन पराउनु हुन्थ्यो भने मार्क्सका बहुआयामिक प्रतिभाबाट निकै प्रभावित हुनुहुन्थ्यो एङ्गेल्स । दुबै मिलेर सारा मानवमुक्तिको सूत्र पत्ता लगाउन आफ्ना क्षमताहरुको उपयोग गर्नुभएको थियो ।


माक्र्सले आफू जीवीत छदा “पूजी“ को एकखण्ड मात्र छाप्न सक्नुभएको थियो । बाकी खण्डहरुको काम त धेरै गरिसकिएको थियो तर अन्तिम ड्राफ्टहरु तयार हुन बाकी थियो । जेनी मार्क्सको मृत्यु ,कार्ल आफैं रोगी र शारीरिक असक्षमताहरुका कारणले कार्लले शेष काम गर्न सक्नुहुन्न भन्ने एङ्गेल्सलाई राम्रै हेक्का थियो । मार्क्सलाई पनि आफूले त्यसपछि नसक्ने राम्रोसँग थाहा थियो । तसर्थ मार्क्सले सम्पूर्ण सामग्रीहरु एङ्गेल्सलाई सुम्पनु भयो,किताबको अगाडिको खण्ड तयार गर्नका लागि । मार्क्सका अधूरा काम एङ्गेल्स बाहेक अरुले पूरा गर्ने ल्याकत राख्ने कुरा सम्भव थिएन । एङ्गेल्सले आफ्नो सम्पूर्ण उर्जाको प्रयोग गरेर ती पाण्डुलिपिहरुलाई ठीक मार्क्सको दृष्टि र सोचनुरुप तयार गर्नुभो ।

यतिमात्र हैन,मार्क्सपछि मार्क्सका अरु धेरै अप्रकाशित साहित्य एङ्गेल्सका प्रयासबाटनै प्रकाशित हुन सके । एङ्गेल्स जहिलेसम्म बाच्नुभो,मजदुरहरुको मुक्तिको अभियानमा त निरन्तर लाग्नुभयो नै ,त्यसको अतिरिक्त आफ्ना अभिन्न मित्र कार्लमार्क्सका अधूरा कामहरुलाई पूरा गर्न उत्तिकै खट्नु भो । मार्क्सको देहावसान पछि एङ्गेल्स एक्लो हुनुभो तर मानवमुक्तिको सपनालाई यथार्थमा बदल्ने अभियानमा लागेर एक्लोपन बिर्सिनु भो । यसकारण मित्र हुनु त कार्लमार्क्स र एङ्गेल्स जस्तो ।

तपाईको प्रतिक्रिया