भुटानबाट आइपुग्यो अष्ट्राजेनेका खोप

समाधान संवाददाता २०७८ साउन २२ गते १६:३२

तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ। अष्ट्राजेनेका खोप भुटान सरकारले दिएको हाे ।

खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो। भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो।

खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ बाकस खोप आइपुगेको छ।

Advertisement

तपाईको प्रतिक्रिया