दिप्ती बचाउन १४ लाख

पोखरा (समाधान)–पोखरा ३१ बेगनासकी ३ वर्षीया बालिका दिप्ती सापकोटा ब्लड क्यान्सर पीडित भएपछि परिवारले सहयोगका लागि याचना गयो । परिवारले गुहार मागेपछि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले आफ्नो सम्पर्कमा रहेका मिडिया तथा सामाजिक अभियन्तालाई सहयोगका लागि अनुरोध गरे ।
पोखरा ३१ वेगनासका राम रानाभाटलाई डा बास्तोलाले सम्पर्क गरे । रानाभाटले तत्काल सहयोग गर्ने प्रतिबद्धता गर्दै सामाजिक सञ्जालमा सहयोगका याचनासमेत गरे । दिप्ती सापकोटा बचाउ अभियानका लागि केही दिनमै करिब २ लाख संकलन भयो । त्यो रकम बालिकाको परिवारलाई अस्पतालमै पुगेर हस्तान्तरण गरियो । उनलाई उपचारका लागि काठमाडौं लगियो ।
रानाभाटले हालसम्म साढे ५ लाख रकम संकलन गरेका छन् । कुल १४ लाख जम्मा संकलन भइसकेकाे रानाभाटले बताए । ४ लाख १ हजार ६० रुपैयाँ पीडित परिवारलाई २ किस्ता गरी हस्तान्तरण गरिसकेका छन् । रानाभाट सम्झन्छन्, ‘बालिकाको सानो उमेर र आफ्नै क्षेत्रको भएपछिसकेको गर्छु भनेर फोन राखेको थिएँ । अनि रातभर सुत्न सकिनँ । भोलिपल्ट नजिकैको साथीभालाई सम्पर्क गरी अभियान नै संचालन ग¥यौं ।
सिलिङे सहकारीका व्यव्स्थापकसमेत रहेका बिकास रानाभाटले पनि स्वस्फूर्त अभियान सञ्चालन गरेका थिए । अस्ट्रेलियाबाट विवेक रानाभाट तथा अमेरिकाबाट ईन्द्र रानाभाट र चन्द्र रानाभाटको सहयोगमा ५ लाख ३७ हजार ९ सय ७ रुपैयाँ संकलन गरी सापकोटा परिवारलाई हस्तान्तरण भएको छ । कास्की परिवार दक्षिण कोरियाको समन्वयमा संयोजक सूर्यबहादुर क्षत्रीले कोरियामा १ लाख ७० हजार संकलन गरी पठाएका छन् ।
दिप्तीको कान्ति बाल अस्पताल काठमाण्डौंमा उपचार भइरहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको उनका बुवा देवबहादुर सापकोटाले बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया