मुस्ताङमा भत्किएकै भवनमा कैदी, बन्दी

जोमसोम – मुस्ताङको कारागारको भवन भत्किए पनि त्यहाँ बस्ने कैदी, बन्दीले सुरक्षित बास पाएका छैनन् । उनीहरु त्यही भवनमा बस्न बाध्य छन् । १ तले ९ कोठा भएको जीर्ण कारागार बुधबार अचानक भत्किएको थियो ।
२०२७ सालअघि निर्माण भएको त्यो भवनमा तत्कालीन सहायक अञ्चलाधीश बस्थे । ढुंगा र माटोले बनेको भवनका ३ कोठा पूरै भत्किएका छन् भने अन्य भागसमेत चर्किएको छ । घर भत्किए पनि कैदी—बन्दीलाईसुरक्षित स्थानमा स्थान्तरण गरिएको छैन । त्यहा बस्ने सुरक्षाकर्मीलाई भने अर्को भवनमा स्थान्तरण गरिएको छ ।
कारागारले सुरक्षाकर्मी स्थान्तरण गरिएको स्थानमा राख्न खोजे पनि कैदी—बन्दीले त्यहाँ जान मानेका छैनन् । उनीहरु बरु जोखिम नै मोलेर जीर्ण भवनमा नै बस्न चाहेको कारागार प्रमुख भुवन केसीले जानकारी दिए । यता, स्थानीय प्रशासन तथा कारागार कार्यालयले सुरक्षा संवेदनशीलता र कैदी—बन्दीको ज्यान सुरक्षित राख्ने चुनौती थपिएको जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले भत्किएको भवनको बिहीबार लागत स्टमेट तयार गरी तत्काल पुनर्निर्माण गर्न कारागार व्यवस्थापन विभागमा पत्रचार गरेको छ । बन्दी स्थान्तरण गर्न विभागसँग सहमति भइसकेको प्रशासनले जनाएको छ । मुद्दा फैसला भएका कैदी, बन्दीलाई अरु जिल्ला स्थान्तरण गर्ने र फैसला नभएकालाई जिल्लामै राख्ने तयारी छ ।
विभागसँग मुस्ताङ कारागारमा मापदण्ड अनुसारको नयाँसंरचना निर्माण गर्न पनि माग गरिएको छ । भवनको भित्री र बाहिरी भागसमेत चर्किएकाले कैदी—बन्दी सुत्ने कोठा कुनै पनि बेला भत्किन सक्ने जोखिम छ । यसअघि पटक पटक स्थानीय प्रशासनले कारागारको अवस्थाबारे जानकारी गराए पनि विभागले चासो दिएको छैन ।
कारागारका कैदी, बन्दी कारागार नै हिरासत जस्तो रहेको बताउँछन् । २४ सै घण्टा साँघुरो कोठामा बस्नु परेको र कहिल्यै घाम देख्न नपाएको उनीहरुको गुनासो सुनाए । उनीहरुले आफूहरुको मानवअधिकारसमेत हनन भएको गुनासो गरेका छन् ।
अहिले कारागारमा सुरक्षा चेकपोस्टसमेत छैन । कारागारमा दरबन्दी अनुसारका सुरक्षाकर्मी र कर्मचारी छैनन् । कारागारका १ कैदी, बन्दीले भने, ‘यो त जेल होइन, प्रहरी हिरासत जस्तो छ । हामी त थुनिएका थुनिएकै छौ । हाम्रो बाच्न पाउने मानवअधिकार पनि हनन भएको छ ।’









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया