फुडमाण्डूमा पोखराका ग्राहकलाई छुट

समाधान संवाददाता २०७८ साउन २३ गते १६:११


समाधान संवाददाता, पोखरा

Advertisement

नेपालको सबैभन्दा पहिलो र अनलाइनमार्फत फूड डेलिभरी गरिरहेको प्लेटफर्म फुडमाण्डूले फोनपेसँगको सहकार्यमा डिस्काउन्ट क्याम्पेन शुरु गरेको छ ।

फुडमाण्डूले पेमेन्ट गेटवे फोनपेसँग मिलेर पोखरा क्षेत्रका आफ्ना ग्राहकहरुका लागि ध्यानमा राखेर छुट अभियान ल्याएको हो ।

फुडमाण्डूले आफ्ना ग्राहकहरुका लागि प्रत्येक पटकको अर्डरमा फोनपेमार्फत भुक्तानी गरेमा २५ प्रतिशतसम्म वा रु. ३०० सम्मको छुट दिनेछ । यसलाई कम्पनीले ग्राहकहरुको लागि असीमित सुबिधा दिने र खानेकुराको साथसाथै छुटबाट फाईदा दिने उद्देश्यले डिस्काउन्ट क्याम्पेन शुरु गरेको हो ।

फुडमाण्डू पोखराकी क्षेत्रिय इनचार्ज नेहा श्रेष्ठले पोखराका ग्राहकहरुलाई विशेष सुबिधा दिने गरी नयाँ क्याम्पेन ल्याएको बताए । ‘फुडमाण्डूका ग्राहकहरुले अर्डर गरेको खानेकुराको स्वादका साथसाथै फोनपेमार्फत भुक्तानी गर्दा छुटको मज्जा लिन सक्नेछन्,’ पोखरा इन्चार्ज श्रेष्ठले भनिन् ।

Advertisement

तपाईको प्रतिक्रिया