पूर्व राज्यमन्त्री कमारोको निधन

समाधान संवाददाता २०७८ साउन २३ गते २०:३६

समाधान संवाददाता, पोखरा

पूर्व राज्यमन्त्री राधेश्याम कमारोको निधन भएको छ । उनी ७७ वर्षका थिए । काठमाडौंमा शनिबार बिहान उनको निधन भएको हो। २०३७ सालको जनमत संग्रहपछि पञ्चायत प्रवेश गरेका उनी राष्ट्रिय पञ्चायत चुनाव जिती राज्यमन्त्री भएका थिए ।

कम्युनिस्ट भएर राजनीति सुरु गरेका उनी पछि पञ्चायत प्रवेश गरेका हुन् । पञ्च नेता भए पनि उनको स्वच्छ थियो । उनको निधनप्रति धेरै पोखरेलीहरुले दुख व्यक्त गरेका छन् । पत्रकार पुण्य पौडेल लेख्छन्, “देशभक्ति र आफ्नो विचार स्पष्टसंग राख्न सक्ने व्यक्ति गुमाउनु परेको छ।”

तपाईको प्रतिक्रिया