अटोमोबाइल व्यवसायी बुद्धाचार्यको निधन
समाधान संवाददाता
२०७८ साउन २३ गते २०:५७

समाधान संवाददाता
पोखरा – अशोक मोटर पार्ट्सका सञ्चालक रोशनमान बुद्धाचार्यको ४३ वर्षका उमेरमा शनिबार निधन भएको छ । पोखराका अटोमोबाइल, पेट्रोलियम व्यवसायी बुद्धाचार्यको अन्तिम संस्कार शनिबार नै भएको छ ।
उनका श्रीमती, १ छोरा र १ छोरी छन् । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन पोखराका पूर्वअध्यक्ष माधव पौडेलले बुद्धाचार्यको परिवार पोखराको पुरानो अटोमोबाइल व्यवसायमा लामो समयदेखि रहेको बताए । उनले अटोमोबाइल डिलर्स एसोसियसनको संस्थागत विकासमा बुद्धाचार्य परिवारको उल्लेखनीय योगदान रहेकोसमेत जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया