रोटरी पोखरा लेकसाइडको पदस्थापन

समाधान संवाददाता २०७८ साउन २४ गते ११:५९

समाधान संवाददाता
पोखरा- रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान अन्तर्गतको रोटरी क्लब अफ पोखरा लेकसाइडको रोटरी वर्ष २०२१÷०२२ को छैटौं पदस्थापना समारोह भएको छ ।


समारोहका रोटरी क्लबका एसिस्टेन्ट गभर्नर सन्तोष पोखरेलले क्लबका अध्यक्ष हुमबहादुर आलेलाई सपथ गराए ।


अध्यक्ष आलेले रोटरी क्लबका पदाधिकारी तथा सदस्यलाई सपथ गराएका थिए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले रोटरी लगायतका सामाजिक संघ, संस्थाले सभ्य र समुन्नत समाज निर्माणमा सहयोग गरेको बताए ।

Advertisement

‘रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य खानेपानी तथा सामाजिक क्षेत्रमा गरेको कामले समाजमा सकारात्मक परिवर्तन ल्याएको छ,’ मन्त्री खड्काले भने, ‘भौतिक विकाससँगै मानवीय विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्नु आवश्यक छ ।’
उनले विगतमा युवा क्लब लगायतका संस्था मनोरञ्जनका लागि सामाजिक काम गरेको स्मरण गरे ।

अहिलेको युवा पुस्ताले सामाजिक काममा ध्यान नदिएको आरोप लगाउँदै मन्त्री खड्काले युवा कर्तव्य र दायित्वप्रति सचेत नभएको उल्लेख गरे ।
रोटरी क्लबका एसिस्टेन्ट गभर्नर सन्तोष पोखरेलले क्लबले आम रोटरी क्लबको गरिमा र उचाइ बढाउने काम गरेको बताए । उनले उत्कृष्ठ कार्य योजना बनाएर काम गर्न सुझाव दिए । रोटरी क्लब पोखरा फिस्टेलका पूर्वअध्यक्ष तथा गभर्नरका विशेष प्रतिनिधि (जिएसआर) विनोद कोइरालाले निस्वार्थ भावले रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य, खानेपानी तथा समुदायमा आधारित परियोजना चलाएको बताए ।

Advertisement


कार्यक्रममा रोटरी क्लब अफ पोखरा लेकसाइडका निवर्तमान अध्यक्ष अर्जुन खनालले क्लबले नमुनाको रुपमा रोटरी किड्नी डाइलोसिस केन्द्र स्थापना गरेको बताए । क्लबका सेवा परियोजनाका निर्देशक कृष्णबहादुर थापाले पहिलो चरणमा ४५ लाखको लागतमा रोटरी किडनी केयर सेन्टरको काम भएको जानकारी दिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु राजेन्द्र लिगल, जयराम पौडेल र घरना थकाली, वर्ष २०२१÷०२२ सचिव राजन कुमाल, रोटरियन विश्वदर्शन पराजुली, रोटरियन ऋषिराम सापकोटा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया