केशब घिमिरेको “घरमै बस’ तिज गित बजारमा

समाधान संवाददाता २०७८ साउन २५ गते १०:५९

समाधान सम्वाददाता

महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले “घरमै बस’ बोलको नयाँ तिज गित बजारमा ल्याएका छन।

उत्पादक तथा बितरक चन्दन डिजिटल म्युजिक प्रा .लि रहेको उक्त गितमा केशब घिमिरेको शब्द ,लय रहेको छ । स्वर केशव घिमिरे र यसोधा कार्किका साथै एरेन्ज मिक्सिङ दिबस थापा मगरले गरेका छन। गणेश सापकोटाको छायांकन ,केशब घिमिरेको निर्देशन ,सुबाश अम्गाइको सम्पादन , फलानो कृयसन को दृश्य निर्माण रहेको छ। गितलाइ Chandan Music को Youtub च्यानल मार्फत हेर्न सकिने छ ।

Advertisement

समसामयिक बिषय बस्तुलाइ विशेष महत्त्व का साथ उठाइएको सो गितमा कोभिड १९ ले पारेको प्रभाव लाइ गित मार्फत उजागर गरिएको छ।घर मै बस बोल को सो गित मा केशव घिमिरे,संगीता सुबेदि,बिकाश कार्की को अभिनय देख्न सकिन्छ।

पर्बत को कार्कीनेटा मा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत १८-२० बर्ष देखि पोखरामा नै बसेर साङीतिक क्षेत्र र ब्यबसाय मा निरन्तर लागिरहेका छन।

Advertisement

१ सय ५० भन्दा बढी गीत बजार मा ल्याइसकेका घिमिरे का अन्य गित हरु ले जस्तै घर मै बस बोल को गितले पनि सफलता पाओस हाम्रो शुभकामना ।।भिडियोको लिन्क संगै

तपाईको प्रतिक्रिया