लेखनाथका व्यवसायीलाई चुनाव लाग्यो

समाधान संवाददाता २०७८ साउन २५ गते १२:१०

भीमपाणि बराल
लेखनाथ
– साबिकलेखनाथ,मादी र रुपागाउँपालिकाका उद्योगी, व्यवसायी नयाँ नेतृत्व चिन्ने तरखरमा छन् । यी क्षेत्रका व्यवसायीको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको भदौमा१३ औं महाधिवेशन हुँदै छ ।
कोरोना महामारी बढिरहे पनि घोषित भदौ १८ र १९मा नै महाधिवेशन हुने बताइन्छ । यसपालि संघको नेतृत्वलिनका लागि वर्तमानकार्यसमितिबाटै धेरै चुनावी मैदानमाउत्रिने देखिएको छ ।
संघको गएको महाधिवेसनमा सबै पदमा सर्वसम्मत नेतृत्व चुनिएको थियो । यसपालि पनि सर्वसम्मत गर्ने प्रयास भइरहेको छ । केही पदमा राजनीतिक भागबन्डा त कही भेग र व्यवसायको प्रकृति मिलाउनुपर्ने हुँदा सर्वसम्मत गर्न कठिन हुने देखिएको छ ।
बहालवाला अध्यक्ष बलराम ढकालले फेरि नदोहोरिने घोषणा गरिसकेका छन्. । वर्तमानकार्यसमितिकापदाधिकारीनै एक, एकतहमाथि जाने तयारीमा छन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र नाम चर्चामा छन् ।
अन्यपदमाभने आकांक्षी धेरै भएकाले निर्वाचन हुनसक्ने स्रोत बताउँछ । वरिष्ठ उपाध्यक्षमा प्रथमउपाध्यक्ष विनोद श्रेष्ठको पालो भए पनिमहासचिव गोपिचन्द्र बास्तोला,अघिल्लो कार्यसमितिका महासचिव भरतकुमार अधिकारी र सल्लाहकार देवराज पन्थी आकांक्षी छन् ।
संघको प्रथमउपाध्यक्षमा राजेन्द्र ओझाको नाममात्रचर्चामा छ । द्वितीयउपाध्यक्षमा रोलक्रम नछोडे वर्तमानमहासचिव गोपिचन्द्र बास्तोलासँग वर्तमान कार्यसमिति सदस्य शैलेन्द्रमोहनभट्टराईले उम्मेदवारी दिने बताइन्छ । ओझा,बास्तोला र भट्टराई हार्डवेयर व्यवसायीहुन् ।
महत्वपूर्ण पदमहासचिवमा अहिलेसम्म वर्तमानउपमहासचिवउपेन्द्रराजसुवेदी(राजु)कोमात्र दाबी देखिन्छ । कोषाध्यक्षजानुकाअधिकारीउपमहासचिवपदमा उठ्ने स्रोत बताउँछ । कोषाध्यक्षमा सबैभन्दा बढी आकांक्षी देखिएका छन् । कोषाध्यक्षमा ३ पटक सदस्य रहेकी मेनुकाश्रेष्ठ, २ पटक सदस्य भएका भीमबहादुर नेपाली (काइला¬), धीरजकुमार श्रेष्ठ, भरत ओझा र रामजीपौडेलको चर्चा छ । वर्तमानकार्यसमिति सदस्य रविविक्रमकर्माचार्यले पनि कोषाध्यक्षमा आकांक्षा देखाएको बताइन्छ ।
बुद्धिप्रसाद बास्तोला, ध्रुवबाबु भट्टराई,राधाकृष्ण अधिकारी, इन्दिरा रोक्का र सन्ध्यादाहाल कार्यसमिति सदस्यमा दोहोरिने मनस्थितिमा छन् । संघका ८ खुला सदस्यकालागि धेरैले इच्छा जाहेर गरेका छन् । उम्मेदवारी दिने समयसम्म व्यक्तिगत र राजनीतिक समूह बन्न सक्ने र केहीका पुराना समूह बदलिन सक्ने भएकाले धेरैले आफ्नो आकांक्षा सार्वजनिक गर्न चाहेका छैनन् ।
खेमराज बराल,पुष्पमणि भण्डारी, हरि बस्ताकोटी,प्रमोद भण्डारी, वीरेन्द्र भण्डारी, जीवन तिवारी, ध्रुव केसी, राजन बड्गामी,बलरामअधिकारी, ईन्द्रबहादुर थापा, गंगामल्ल,भरत थापा, कुलबहादुर रानाभाट,महेश्वर आचार्य,विजय गुरुङ, दयाराज भण्डारी सदस्यका आकांक्षी छन् । यस्तै, राम गुरुङ,शिवहरि भण्डारी,अर्जुन भण्डारी, रञ्जना बराल, टीकाराम सापकोटा,रमेश रानाभाट, कृष्णबहादुर अधिकारी,रमानाथपौडेल, बालकृष्ण तिवारी, राम रानाभाट लगायत सदस्यका उम्मेदवार बन्न सक्ने स्रोतले जनाएको छ ।
सघमाअध्यक्षसँगै पदाधिकारीमावरिष्ठ उपाध्यक्ष, प्रथमउपाध्यक्ष, द्वितीयउपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहन्छन् । संस्थागत सदस्य १ जना, एसोसिएसन सदस्य १ जना, महिला सदस्इ२ र ८ खुला सदस्यकालागिनिर्वाचनहुनेछ । ३ सदस्यमनोनितहुने छन् भने मनोनितआमन्त्रित सदस्य २ जना रहनेछन् ।
संघमा बढीमा ७ सल्लाहकार रहने व्यवस्था छ । संघमा साबिक लेखनाथ, रुपागाउँपालिका र मादीगाउँपालिकाका १ हजार ७ सय ५१ व्यवसायी आवद्ध छन् ।

तपाईको प्रतिक्रिया