मगर संघको कास्कीकाे भवनलाई सहयोग

समाधान संवाददाता २०७८ साउन २५ गते १२:२६

समाधान संवाददाता
पोखरा
– नेपाल मगर संघ, कास्कीको भवन पुनर्निर्माणका लागि हङकङनिवासी चन्द्रबहादुरश्रीस (पुन)मगरलेसहयोग गरेका छन् । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, हङकङउपाध्यक्षसमेत रहेका समाजसेवी श्रीसमगरले मगर संघ, कास्कीको भवन पुनर्निर्माणका लागि ५० हजार ५० रुपैयाँ नगद सहयोग दिए ।


सो रकम शनिबारसहयोगदाता श्रीसकी आमा तिलकुमारीले मगर संघ, कास्की अध्यक्ष संगीता पुनमगरलाई हस्तान्तरण गरिद् । अध्यक्ष पुनमगरले श्रीसमगर जस्तै मनकारी व्यक्तित्वको सहयोगले मगर संघ, कास्कीको भवन पुनर्निर्माणले सफलता प्राप्त गर्ने बताइन् ।


मगर संघ, कास्कीको संस्थागत विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि संघले निरन्तर सहयोगको अपेक्षा गरेको जनाइन् ।मगर संघ, कास्की उपाध्यक्ष बुद्धिमाया थापामगरले सामाजिक कार्यमा सबैको हातेमालो आवश्यक रहेको भन्दै एक थुकी सुकी, सय थुकी नदी भनेझैं सबैको सहयोग जुटाउन आफूहरू लागिपरेको बताइन् ।

Advertisement


सचिव रामबहादुर थापामगरले आर्थिक सहयोगका लागि श्रीसमगरलाई धन्यवाद दिँदै उनलाई मगर संघ, कास्कीको संरक्षकका रुपमा सम्मान गरिने जानकारी दिए । जिल्ला सदस्य देउकुमारी थापामगरले आर्थिक सहयोग संकलनका लागि आफूले देश तथा विदेशमा रहेका मनकारीलाई) अनुरोध गरेको बताइन् ।


यसैबीच, मगर संघ, कास्कीका संस्थापक उपाध्यक्ष इन्द्रबहादुर गर्बुजामगरले पनि मगर संघ, कास्कीको भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । उनले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको अध्यक्ष संगीताले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया