टोक्यो ओलम्पिकमा अमेरिका पहिलो

समाधान संवाददाता २०७८ साउन २५ गते १२:२९

समाधान संवाददाता
काठमाडौं
– विश्व खेलकुदको महाकुम्भ ग्रीष्मकालीन ओलम्पिकको ३२ औं संस्करणका खेल सकिएका छन् । आइतबार अन्तिम दिन ८ खेलमा पदकको टुंगो लागेपछि ओलम्पिकका सबै खेल सकिएका हुन् ।


गत २३ जुलाईमा सुरु भएको ओलम्पिकमा २ सय बढी देशका ११ हजारभन्दा धेरै खेलाडीले स्पर्धा गरे । ओलम्पिकअन्तर्गत रसिया ओलम्पिक कमिटीले रजत जितेसँगै टोक्यो ओलम्पिक २०२० को पदक तालिका पूरा भएको हो ।


संयुक्त राज्य अमेरिकाले ३९ स्वर्ण जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहेर ओलम्पिक सकाएको छ। अन्तिम दिनसम आइपुग्दा अमेरिका र चीनको समान ३८ स्वर्ण थिए।अन्तिम समयमा महिला बास्केटबलमा अमेरिकाले घरेलु टोली जापानलाई पराजित गर्दै स्वर्ण जितेपछि पदक तालिकामा चीनलाई उछिनेको हो ।

Advertisement


अमेरिकाले ३९ स्वर्णसहित ४१ रजत र ३३ कांस्य गरी कुल १ सय १३ पदक जितेको छ । ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जित्दै चीन पदक तालिकाको दोस्रो स्थानमा रह्यो । आयोजक जापानले भने ५ पदक घरमै राखेको छ।


स्वर्ण अनुसार तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदक सुरक्षित गर्न सक्यो । कुल पदक तालिकामा भने जापान पाँचौ स्थानमा रह्यो। २२ स्वर्ण, २१ कांस्य र २२ रजत जितेको ग्रेट ब्रिटेन चौथो स्थानमा भएपनि कुल ६५ पदक जित्दै चौथो स्थानमा छ ।

Advertisement


रसिया ओलम्पिक कमिटी भने २० स्वर्ण, २८ रजत र २३ कास्य जितेको छ। स्वर्ण पदक अनुसार पाँचौ स्थानमा रहेपनि कुल पदक तालिकमा ७१ पदक जितेको आरओसी तेस्रो स्थानमा छ।


१७ स्वर्ण, ७ रजत र २२ कास्य जितेको अस्ट्रेलियाले कुल ४६ पदक जितेको छ । छैटौं स्थानमा रहेको अष्ट्रेलिया कुल तालिकामा छैटौँ स्थानमा नै छ। टोक्यो ओलम्पिक २०२० मा ६३ देशले स्वर्ण पदक जिते । ओलम्पिकमा सहभागी करिब २ सय देशमध्ये ८६ देशले पदक जित्न सफल भए।


टोक्यो ओलम्पिकमा नेपालका ५ खेलाडीले ४ खेलमा स्पर्धा गरेका थिए। ओलम्पिकमा पौडीका गौरिका सिंह, एलेक्स शाह, सुटिङकी कल्पना परियार, एथलेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले स्पर्धा गरेका थिए।


ओलम्पिकमा सहभागी पौडीका दुई र सुटिङकी एक खेलाडीले व्यक्तीगत प्रर्दशनमा सुधार गर्दा दुई खेलाडीले भने ओलम्पिक अनुभव बटुले ।

तपाईको प्रतिक्रिया