स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

समाधान संवाददाता
पोखरा – हङकङ नेपाली महासंघले आइतबार तमु धीं नेपाललाई ४अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ। ती कन्सन्ट्रेटर कास्कीका सरकारी अस्पताल तथा स्वास्थ्य चौकीलाई दिइनेछ ।
कोभिड १९ महामारीमा स्वास्थ्य संस्थालाई वितरणका लागि महासंघले सहयोग गरेकोमातमु धीं अध्यक्ष हुमबहादुर गुरुङले धन्यवाद दिए । महासंघका नेपाल प्रतिनिधि आकाश उप्रेतीले ती सामग्री अध्यक्ष गुरुङलाई आइतबार हस्तान्तरण गरे । तमु धिं नेपालकी आजीवन सदस्यसमेत रहेकी अभियानकी संयोजक हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार रीता गुरुङको योजना अनुसारती सामग्री प्रदान गरिएको हो ।
४ कन्सन्ट्रेटरमध्ये २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, १ पोखरा ३० मोहरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताललाई र १ पोखरा १६ अर्मलास्थित अर्मला स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने तमु धीं नेपाल अध्यक्ष गुरुङले जानकारी दिए ।अध्यक्ष गुरुङले कोभिड–१९को फैलावट बढेको अवस्थामा मातृभूमिमा सहयोग गर्न हङकङ नेपाली महासंघले सुरु गरेको ‘हेल्प नेपाल–फाइट कोभिड–१९ अभियान’ अन्र्तगत देशभरी२ सय अक्सिजन कन्सन्ट्रेटर वितरण भइरहेको बताए ।
दोस्रो चरणमा दातृ निकाय सोअर्स एक्सनको विशेष सहयोगमा नेपालका ७ प्रदेशका ७७ जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा प्रतिमिनेट १० लिटर अक्सिजन प्रवाह गर्ने क्षमताका २ सय अक्सिजन कन्सन्ट्रेटर निःशुल्क वितरण गर्नेतयारी गरिएको छ । महासंघका प्रतिनिधिले पहिलो चरणमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा १सयअक्सिजन कन्सन्ट्रेटर वितरण गरिसकेका छन् ।
महासंघले दोस्रो चरणमा प्रदेश नम्बर १, २, वाग्मती र गण्डकी प्रदेशका १ सय अक्सिजन कन्सन्ट्रेटर वितरण गर्ने योजना अनुसार कास्कीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।हङकङ नेपाली महासंघका नेपाल प्रतिनिधि उप्रेतीले तमु धी नेपालको सहकार्यमा सहयोगको कार्यक्रम गरेको जानकारी दिए । ‘कोभिड १९ विरुद्धको लडाईमा महासंघले नेपालका सामाजिक संघ, संस्थासँगको सहकार्यमा स्वास्थ्य निकायलाई सहयोग गरेको छ,’उनले भने, ‘विभिन्न सहयोगमार्फत हङकङमा बस्ने नेपालीले मातृभूमि प्रतिको दायित्व पूरा गरेका छन् ।’
तमु धीं सचिव जुमबहादुर गुरुङले अभियानमा हङकङ नेपाली महासंघका नेपाल प्रतिनिधि उप्रेतीसहित रचना भण्डारी, गौरव मगर, जेतिन मगर लगायतको सहभागिता रहेको जानकारी दिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया