छैरो क्याम्पका मुखियाले लिए तिब्बतीको जिम्मा

जोमसोम–मुस्ताङको कोरला नाकाको ३१ नम्बर सीमाक्षेत्रबाट बिहीबार पक्राउ परी मुस्ताङ प्रहरीको जिम्मा लगाइएका १ तिब्बती नागरिकलाई आइतबार सम्वन्धितको जिम्मा लगाइएको छ ।
नेपाल मानव अधिकार संगठन मुस्ताङकी संयोजक पुष्पा शेरचन, पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुन्दरकुमार थकाली र घरपझोङ १ छैरो तिब्बती शरणार्थी क्याम्प बस्ने नोर्बु फिन्छोकको रोहबरमा ४८ वर्षीय न्वाङ चोएयुनलाई छैरो तिब्बती क्याम्पका मुखिया छिरिङ वाङ्डुको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पक्राउ परेका चोएयुनलाई पोखरा स्थित तिब्बती शरणार्थी क्याम्प लगेर बुझाउने शर्तमा छैरो तिब्बती क्याम्पका मुखिया छिरिङ वाङ्डुको जिम्मा लगाइएको हो । जिम्मा लगाइएका तिब्बती नागरिक न्वाङ चोएयुनलाई सोमबार क्याम्पका मुखिया वाङ्डुले खटाएका एक व्यक्तिको रोहबरमा सुरक्षाकर्मीको सहयोगमा पोखरा स्थित तिब्बती क्याम्पको जिम्मा लगाइने जिप्रका मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए ।
तिब्बत घर भई झन्डै २२÷२३ वर्षदेखि भारतको कर्नाटक बस्दै आएका ४८ वर्षीय न्वाङ चोएयुनलाई अवैध ढंगले मुस्ताङको लोमान्थाङ २ सियावाल भञ्जाङ स्थित नेपाल—चीन सीमानामा रहेको ३१ नब्बर पिल्लरबाट तिब्बत छिर्ने क्रममा कोरलानाकामा खटिएका चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।
चोएयुनलाई कोरला नाकाका सुरक्षाकर्मीले नेपालतर्फ सीमा प्रहरी चौकी लोमान्थाङलाई जिम्मा लगाएको थियो । त्यसपछि सीमा प्रहरी चौकी लोमान्थाङले शुक्रबार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा दाखिला गरेको थियो । पक्राउ परेका चोएयुन केही महिनाअघि मात्र भारतबाट काठमाडौं आएका थिए । चोएयुनको अप्पो मोबाइल चिनिया सुरक्षाकर्मीले फिर्ता गरेका छन् । उनी एक साताअघि मात्र जोमसोमबाट गाडी चढेर उपल्लो मुस्ताङ पुगेका थिए ।
तिब्बती शरणार्थी न्वाङ चोएयुनलाई मुखियाको जिम्मा लगाइँदै ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया