कास्कीमा रक्सीको मातमा लोहोराले हानेर श्रीमतीको हत्या

समाधान संवाददाता २०७८ साउन २६ गते १६:२५
सांकेतिक तस्बिर

समाधान संवाददाता, पोखरा
कास्की माछापुच्छ्रे गाउँपालिका–२ बाँझाखेतका श्रीराम कामीलाई श्रीमती हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनले रक्सीले माती कुटेर श्रीमती हत्या गरेका थिए ।

Advertisement

सोमबार राति सबा १२ बजे सिलौटाको लोहोराले टाउकोमा प्रहार गर्दा घाइते उनकी श्रीमती श्रीमायालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जनाएका छन् ।

श्रीराम ६५ र उनकी श्रीमती ५५ वर्षकी हुन् । श्रीरामलाई पक्रेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया